तुलसीपुर, दाङमा पर्यटन बर्ष २०२० लाई भब्य रुपमा मनाउने तयारी गरीउको छ । जिल्ला पर्यटन पर्बद्धन समिति दाङले बिहीबार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी पर्यटन बर्षको तयारीका बारेमा जानकारी गराएको हो ।
सन् २०२० जनवरी १ तारिक अर्थात पुस १६ गते घोराही उपमहानगरपालिका वडा नम्वर १३ बाह्कुने दहमा आपौचारीक कार्यक्रम गरी भ्रमण बर्षको शुभारम्भ गरीने जिल्ला पर्यटन पर्वद्धन समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताए । त्यसैगरी पर्यटन बर्षलाई बर्ष दिन भरि भब्य रुपमा मनाउन जिल्ला तहमा २१ सदस्यीय समिति गठन गरीएको समेत उनले बताए ।
साथै दाङका १० वटै पालिकामा पालिका स्तरका समिति गठन समेत गरीने उनले बताए । त्यसैगरी प्रमुख नेपालीले भ्रमण वर्षका कार्यहरुलाई नागरिक समक्ष पुराएर सहयोग गरिदन पत्रकारहरुलाई आग्रह गरे । कार्यक्रममा समितिका सदस्य श्रीधर पौडेलले भ्रमण वर्षको कार्यक्रममा भ्रमण वर्षको उद्घाटन पुस १६ गते घोराही उपमहानगरपालिका १३ को बराह क्षेत्रबाट उद्घाटन गर्ने र अन्य गतिविधि पनि जिल्लाभर वर्षभरी नै हुने बताए । उनले स्थानीयतहसँग समन्वय गरेर क्लालेण्डर निर्माणको काम गर्ने समेत बताए ।
त्यसैगरी भ्रमण बर्ष सन् २०२० लाई सफल बनाउन र दाङका सम्पदाहरुको प्रचार प्रसारका लागि दाङमा बस व्यवसायीहरुले पहल थालेका छन् । त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालीले दाङका पर्यटकिय सम्पदा सहितको पोष्टर बनाएर बसहरुमा टाँस्न सुरु गरेको छ । दाङ देउखुरी घुम्न जाऔँ भन्ने अभियानको पोष्टरहरु बसमा टासी शुरु गरेको प्रालीका अध्यक्ष सुरेश हमालले बताए । दाङका प्राकृतिक, साँस्कृती, कृत्रिम पर्यटकिय स्थलहरु सहितको पोष्टर बनाएर प्रत्येक बसमा टाँसिएको उनले बताए ।