तुलसीपुर, तुलसीपुरमा विहिवार विहान एक विद्यार्थीको टेक्टरको ठक्करबाट मृत्यु भएपछि विद्यार्थीहरु त्यसको विरोधमा सडकमा उत्रिएका छन् । तुलसी आवासिय माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी १३ वर्षिया बिजिता केसीको टेक्टरको ठक्करबाट मृत्यु भएको थियो ।
त्यसैको विरोधमा सोहि विद्यालयका बिद्यार्थीहरुले सडकमा टायर बालेर तुलसीपुर सल्यान रोड सडक खण्ड अवरुद्ध पारेका छन् । विद्यार्थीहरुले दोषी माथी हदै सम्मको कारवाही र पिडितलाई उचित न्यायको माग गदै विरोध प्रर्दशन गरेका छन् । उनीहरुले सल्यानरोड अन्र्तगत गोदामघर नजिक, विरेन्द्रचोक, बिपि चोकमा टायर बालेर सडक अवरुद्ध पारेका छन् ।
सल्यानरोड सडक खण्ड अन्र्तगत रा १ त १४३५ नम्वरको टेक्टरले गोदामघर नजिकै ती बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । यस्तै सोहि टेक्टरको ठक्करबाट अर्की एक विद्यार्थी पनि घाईते भएकी छिन् । उनलको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।