अनुशासन र स्वास्थ्यका लागि खेलकुद आवश्यक छ : सांसद शर्मा

Author Logo..
२०७६ पुष २ गते बुधवार

लमही, प्रदेश ५ का प्रदेश सभा सदस्य रेवतीरमण शर्माले अनुशासन र स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेको बताए। नेपाल पत्रकार महासंघ जिल्ला शाखा दाङको २७औँ स्थापनाको अवसरमा दाङ लमही स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा बुधवार भएको पत्रकार र जनप्रतिनीधि बिच भएको क्रिकेट प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य शर्माले राष्ट्रको विकास तथा मित्रवद् व्यवहारका लागिपनि खेल आवश्यक रहेको बताए ।

साथै उनले खेलकुद क्षेत्रमा खेलकुद विकासमा ३ तहको सरकारले समेत ध्यान दिएको बताए ।त्यसैगरी मैत्रीपूर्ण क्रिकेट खेलमा पत्रकार विजयी भएको हो । पहिलो टस जितेर व्याटिङ्ग रोजेको जनप्रतिनिधिको समुहले १५ ओभरको समाप्ती संगै सम्पूर्ण विकेट गुमाउदै ८२ रन बनायो थियो । जनप्रतिनिधिको समुहबाट भानु पन्तले २५ रनको योगदान दिए ।

सद्धाम सिद्धिकीले २ छक्का हान्दै १७ रन जोडे । परशु चौधरीले १० रन, नारायण जिसीले ८ रन र उत्तम विष्टले ७ रनको योग्दान दिए। पत्रकारको समुहबाट शिबराज खनालले ह्याट्रीक सहित चार विकेट लिएका थिए । पत्रकार दशरथ घिमिरेले २, शिवु खनालले २ विकेट लिएका थिए । पत्रकारको समुहबाट सबै भन्दा धेरै अमित तामाङले ५६ रन, कौशल अधिकारीले १४, शिवराज खनालले १० रन, दशरथ घिमिरेले ५ रनको योगदान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार