राप्तीमा विपत तथा जोखीम न्युनिकरणका लागि प्रशिक्षण

Author Logo..
२०७६ पुष १ गते मङ्गलवार

तिर्थराज ज्ञवाली
भालुवाङ, राप्ती गाउँपालिका क्षेत्रमा आईपर्ने विपत तथा जोखीम न्युनिकरणका लागि कार्यपालिकाका पदाधिकारीहरु, विषयगत समिति, शाखा प्रमुखहरु र अन्य सम्वन्धित कर्मचारीहरुलाई प्रशिक्षण गरिएको छ ।
राप्ती गाउँपालिका क्षेत्रमा आउन सक्ने विपद् जोखीमलाई न्युनिकरण गर्न र आगामी योजना निर्माणका क्रममा सहज होस भनि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले तिन दिने विपद् जोखीम न्युनिकरण र जलवायु परिवर्तन अनुकुलन प्रशिक्षण गरेको हो ।
स्थानीय तहहरुले विपद जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलन सम्बन्धी ऐन, नियमावलीमा भएका प्रावधानहरु प्रभावकारी रुपमा कार्यान्वयन गराउन र मुलप्रवाहीकरणमा क्षमता अभिबृद्धि गराउने उदेश्यका साथ स्थानीय विकास प्रशिक्षण केन्दले कार्यपालिकाका पदाधिकारीहरु, विषयगत समिति, शाखा प्रमुखहरु र अन्य सम्वन्धित कर्मचारीहरुलाई प्रशिक्षण गरिएको प्रशिक्षक शत्रुघन चौधरीले बताए ।
शनिवार देखी सुरु गरि सोमवार सम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा राप्ती गाउँपालिका क्षेत्र विपद जोखीमका दृष्टिले सम्भावित जोखीम स्थानको रुपमा रहेको हुदा यस क्षेत्रमा आईपर्ने विपद् जोखीम न्युनीकरणका लागि आगामी दिनमा स्थानिय सरकार, स्थानिय नागरिक, स्थानिय सघ संस्था तथा सरोकारवालाहरुले के कस्ता कार्ययोजना निर्माण गरि कार्यान्वय गर्न सकिन्छ भन्ने विषयलाई प्रमुखतामा राखी प्रशिक्षण गरिएको छ ।
नेपालमा विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलनको अवस्था, कारण र प्रभाव वारे दिईएको जानकारी अनुसार राप्ती गाउँपालिका क्षेत्रमा विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलनमा गरिने कार्यहरुका बारेमा विगतका जोखीम स्थल, विपद् क्षेत्र र सम्भावित विपद्को स्थलगत अवलोकन तथा अनुगमन अनुसार तयारी गर्ने उपायका बारेमा प्रशिक्षण गरिएको प्रशिक्षक दिपक थापाले बताए ।
भुकम्प, बाढि, महामारी, सडक दुर्घटना, सर्प दम्स लगायत स्थानीय तहमा विपद् तथा जलवायूजन्य जोखिम पहिचानका औजार प्रयोग गरी विपद् जोखिम पहिचान, विश्लेषण तथा प्राथमिकीकरण गर्न अनुभव प्राप्त बनाई विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलनलाई विकास आवधिक, वार्षिक र विषयगतक्षेत्रको कार्यमा मुलप्रवाहीकरण गर्न सक्षम बनाउन यस प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहमा प्रशिक्षण गरिएको प्रशिक्षक निलकण्ठ थपलियाले बताए ।
स्थानिय तबरमा विपदबाट मानविय क्षति, आर्थिक क्षति, भौतिक संरचनामा क्षति, बातावरमा प्रभाव, खाद्यान्यमा क्षति, पशुपंक्षिको क्षति हुन सक्ने हुदा विपद्बाट जोगीन अति आवस्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार