घुम्न जाऔ दाङ लेखिएको स्टिगर यातायात टासि सार्वजनिक
शरद रेग्मी, तुलसीपुर । पर्यटन क्षेत्रको विकासका लागि यातायात क्षेत्रको भुमिका अहम् हुने कुरामा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । पर्यटकलाई स्वागत गर्ने पहिलो व्यक्तिका रुपमा यातायात व्यवसायी हुने भएकाले उनीहरुले राम्रो व्यबहार गरे पर्यटकहरुको आगमन बृद्धि हुने कुरा बताएका थिए ।
भ्रमण बर्षलाई सफल पार्न सामाजिक उत्तरदायित्व बहन गर्दै त्रिसिद्धेश्वरि राप्ती यातायात प्रालीले आईतबार एक कार्यक्रमका बिच तुलसीपुरबाट दाङका पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार गर्न घुम्न जाऔ दाङ लेखिएको स्टिगर सार्बजनिक गरिएको छ ।
घुम्न जाउँ तुलसीपुर अभियानलाई प्रचार प्रसार गर्नका लागि त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिले दाङबाट सञ्चालन गाडीमा घुम्न जाउँ दाङ भन्ने नाराका साथमा यहाँका पर्यटकीयस्थलहरु समावेश गरिएको प्रचारात्मक स्टिकर टासिएको हो । घुम्न जाऔ तुलसिपुर अभियानका परिकल्पनाकार एवं तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले काठमाण्डौ र दिल्ली जाने बसहरुमा स्टिगरहरु टासेर अभियानको सुभारम्भ गरेका थिए । अभियानलाई सम्वोधन गर्दै मेयर पाण्डेले यातायात व्यवसायीले तुलसीपुरमा यात्रुमात्रै भन्दा पनि पर्यटक बोकेर आउनुपर्ने भएकाले गाडीका कर्मचारीहरुले पर्यटकमैत्री व्यब हार गर्नुपर्ने बताए ।
“तपाईहरुले कस्तो व्यवहार गर्नुहुन्छ त्यस्तै छाप बोकेर पर्यटकहरु जाने गर्दछन” उनले भने । उनले यातायात व्यवसायीकातर्फबाट भ्रमण वर्ष लक्षित कार्यक्रम सञ्चालन गरिनुले अभियानलाई थप मद्धत पुगेको बताए । कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका पुर्व निर्देशक रमेश कुमार अधिकारीले अभियानको प्रचारसँगै तुलसीपुरमा मिठौ सौहार्दता प्राप्त हुन्छ भन्ने धारणाको विकास हुनु पर्ने बताए । उनले अभियानको सफलताका लागि सबैको विशेष भुमिका हुने कुरा बताए ।
कार्यक्रममा बोल्दै प्रालीका अध्यक्ष सुरेश हमालले यातायातको क्षेत्रबाट अभियानलाई पूर्णत सहयोग गर्ने बताए । उनले पहिलो चरणमा स्टिकर टाँस्ने काम अगाडि वढाएको बताउँदै बिस्तारै अन्य प्रचारात्मक अभियानलाई पनि अगाडि बढाइने बताए । उनले घुम्न जाउँ तुलसीपुर अभियानलाई सफल बनाउनका लागि यातायातकर्मीहरुलाई तालिम समेत दिइने बताए । कार्यक्रममा प्रालिका कल्यानकारी सचिब नारायण न्यौपानेले यो अभियान जिल्लाका सबै शहरहरुबाट केहि दिनमा सञ्चालन गर्ने बताए ।