घोराही,, नेपाल बार एशोसियशन जिल्ला बार इकाई दाङको अध्यक्षमा स्वतन्त्र प्यानलका शिवप्रसाद घिमिरे निर्वा्चित भएका छन् । शनिवार भएको निर्वाचनमा घिमिरेले (नेकपा) र नेपाली कांग्रेसले समर्थन गरेका उम्मेदवार ऋषिराज न्यौपानलेलाई ४ मतले पराजित गर्दै अध्यक्षमा निर्वा्चित भएका हुन । निर्वाचनमा १ सय २० मत खसेकोमा घिमिरेले ६२ मत प्राप्त गरेका थिए, भने उनका प्रतिद्धन्दी ऋषिराज न्यौपानेले ५८ मत प्राप्त गरेका थिए । त्यसैगरी उपाध्यक्षमा घिमिरे प्यानलका मणिराज आचार्य निर्वा्चित भएका छन् । उनले न्यौपाने प्यानलका ठाकुरप्रसाद वलीलाई एक मतले पराजित गरेर उपाध्यक्षा निर्वा्चित भएका हुन ।
बिजयी आचार्यले ६० मत प्राप्त गरेका थिए भने पराजित वलीले ५९मत प्राप्त गरेका थिए । त्यसैगरेर सचिवमा न्यौपाने प्यानलका सञ्जय कुमार केसी निर्वा्चित भएका छन् । उनले घिमिरे समुहका नारायणप्रसाद डाँगीलाई २१ मतले हराएका हुन् । केसीले ७० मत ल्याएका थिए, भने डाँगीले ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृत रेशमराज गिरीले बताए । कोषाध्यक्षमा न्यौपाने प्यानलका ठाकुरप्रसाद गिरी निर्वा्चित भएका छन् । उनले घिमिरे प्यानलका प्रेमबहादुर वलीलाई १३ मतले पराजित गरेका थिए ।
गिरीले ६४ मत प्राप्त गरेका थिए भने वलीले ५१ मत प्राप्त गरेका थिए । त्यसैगरी सदस्यमा हरि वेल्वासे, भरत न्यौपाने, निर्मलेश्वरी दाहाल, निर्मला सुवेदी, ओमभक्त डाँगी, अच्युतराज न्यौपाने र नारायणप्रसाद रिजाल निर्वा्चित भएका छन् । त्यसैगरी केन्द्रीय पार्षदहरुमा निश्चल हमाल, लुमबहादुर कार्की, नुमानन्द आचार्य, ललित बहादुर केसी, किरण पौडेल, अर्जुन कुमार अधिकारी र गोपाल गिरी निर्वा्चित भएका छन् ।