तुलसीपुर, मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रदेशको राजधानी स्थायी नबाउनु पर्ने बताए । शनिवार दाङको तुलसीपुरमा रहेको राप्ती शान्ति उद्यानको अवलोकन कार्यक्रममा बोल्दै उनले आर्थिक विकास लागि प्रदेशको राजधानी स्थायी हुन नहुने बताए । अधिकाकर्मी पहाडीले जिल्लाको विकासका लागि ५÷५ वर्षमा प्रदेशको राजधानी परिवर्तन गर्नसके आर्थिक रुपमा पछाडी परेका जिल्लाको पनि विकास हुने दाबी गरे ।
तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेसहितको शान्ति पार्क अवलोकन गर्न पुगेका पहाडीले पार्कले स्थानीयको आयआर्जनसंगै दाङको आर्थिक विकासका लागि महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले दाङ भौगोलिक तथा हावापानीका हिसावले पनि राम्रो भएको भन्दै प्रशंसा गरे । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले मानवअधिकार पहाडीसहितको टोलिको अवलोकलने राप्ती शान्ति उद्यानको गरिमा झनै बढेको बताए ।
उनले तुलसीपुर उपमहानगरपालिकाले सन् २०२० लाई लक्षित गरेर घुम्न जाऔँ तुलसीपुर अभियान शुरु गरेको बताउँदै मानवअधिकारकर्मी सहितको टोलीको अवलोकनले यो अभियानलाई टेवा पुग्ने बताए । त्यसअवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टोपबहादुर केसीले वडाको गरिमाको रुपमा राप्ती शान्ति उद्यान रहेको भन्दै प्रचार प्रसारमा सहयोग गरिदिन अनुरोध समेत गरे ।