नेपाली भूमिबाट भारतीय सेना फिर्ता हुनु पर्छ : पहाडी

Author Logo..
२०७६ मङ्सिर २६ गते बिहिवार

तुलसीपुर, मानव अधिकार शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले नेपाली भूमि बचाउन सबैले पहल गर्नुपर्ने बताए । मानवअधिकार तथा शान्ति समाज मुल आयोजक तयारी समिति दाङले शान्ति समाजको २२ औ राष्ट्रिय परिषद बैठकको पूर्वसन्ध्यामा तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पहाडीले नेपाली भूमिबाट भारतीय सेना फिर्ता हुनु पर्ने समेत बताए ।

उनले भने, लिपुलेख, कालापानी, लिम्पीयाधुरा नेपाली भूमि हो । त्यहाँबाट भारतीय सेना तत्काल फिर्ता लिनुपर्ने र नक्सा पनि सच्याउनु पर्छ । त्यसैगरी मानवअधिकारकर्मी पहाडीले नेपालीलाई आफनो स्वाभीमान सबैभन्दा प्रिय लाग्ने भएकाले कुनै सम्झौता नगर्ने समेत बताए । उनले आवश्यक परे नागरिक स्तरबाट समेत आन्दोलन गर्न तत्पर रहेको समेत बताए ।

उनले भने, हामीहरु भारत विरोधी हैनौ, भारतले पटक– पटक नेपाली भूमि मिचेर अन्याय गरेको छ । प्रधानमन्त्रीले ओलीले सिधै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग वार्ता गरेर सिमा समस्या सधैका लागि टुङ्गयाउनु पर्छ । शुक्रवार मंसिर २७ र २८ गते सम्म तुलसीपुरमा हुने २२ औं राष्ट्रिय परिषद्को बैठकको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएको छ । त्यसगरी शान्ति समाजले विहीबार नै तुलसीपुरमा रहेका बृद्धाश्रम परिसरमा बृक्षारोपण, बबई नदि सरसफाई , रक्तदान, लागुऔषध दुव्र्यसनी विरुद्धको सचेतना कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार