दाङ, ५ नम्बर प्रदेश का प्रहरी प्रमुख डिआइजी सुरेश विक्रम शाहले भौतिक, आर्थिक र जनशक्तिको अभावमा प्रहरीहरुलाई काम गर्न मुस्किल हुने भएता पनि काममा सहजताको लागि आवश्यक पुर्वाधार हुनु पर्ने बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको नबनिर्मित भवनको विहिवार उद्घाटन गर्दै प्रमुख डिआइजी शाहले अझै पनि धेरै प्रहरी कार्यालयहरु भाडाको घरमा, अर्काको जग्गा र कच्ची एवं कमजोर संरचनामा बस्दै आईरहेको बताए ।
उनले अब नेपाल सरकारले प्रहरीहरुलाई क्रमश. पक्की संरचना तयारमा भरपुर सहयोग गर्ने आशा समेत व्यक्त गरे । त्यसैगरी उनले प्रविधि र सुविधा सम्पन्न पुर्वाधारयुक्त प्रहरी नै आजको आवश्यकता भएको भन्दै पुर्वाधार युक्त प्रहरीले दिने सेवा पनि प्रभावकारी हुनु पर्ने बताए ।
उनले भने, सबैको सहयोग र साथले मात्रै प्रहरीले अपराध न्युनिकरण गर्न र सुरक्षा कायम गर्न सक्ने भएकाले सबैको सहयोग आवश्यक हुन्छ ।
नेपाल सरकारको नियमित बजेट अन्र्तगत १ करोड ६० लाख ५७ हजार कोे लागतमा सुविधा सम्पन्न भवनबाट जिल्ला ट्राफिक प्रहरी कार्यालयले सेवा प्रदान गर्न सुरु गरेको छ । यसअगाडी भवन नहुँदा पानी चुहिने टहराबाट ट्राफिक प्रहरीले सेवा दिदै आएको थियो । अब सुविधा सम्पन्न भवन निर्माण भएपछि ट्राफिक प्रहरीको सेवा सुविधा थप प्रभावकारी हुने विश्वास गरिएको छ ।