दाङ, दाङको घोराहीमा रहेको घोराही सिमेन्ट अन्तर्गत उत्पादन हुदै आएको सगरमाथा सिमेन्ट उद्योगले राप्ती बहिरा संघमा रहेका बालबालिकाहरुलाई कम्मल बितरण गरेको छ । संघले सञ्चालन गर्दै आएको तुलसीपुर ७ मा रहेका होस्टेलमा बस्दै आएका बालबालिकालाई जाडोमा ओड्नको लागी सहज होस् भनि विगत ३ बर्षदेखी उद्योगले ति बालबाललिकाहरुलाई सहयोग गर्दै आएको उद्योगका जनसम्पर्क अधिकृती अम्मर सुबेदीले बताए ।
करिब ३० हजार बराबरको ७० थान कम्मल उद्योगले सहयोग गरेको उनले बताए । त्यसैगरी आगामी दिनहरुमा उद्योगले सहयोग गर्दै जाने उनले बताए । त्यसैगरी यातायात ब्यबसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले बहिरा बालबालिकालाई सहयोग गर्न आफु तयार रहेको बताए । उनले ति बालबालिकाहरुलाई आफ्नो घर जान वा आउन परेका त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले निशुल्क रुपमा लैजाने ब्यवस्था गरिदिने बताए ।
उनले फरक क्षमता भएको बालबालिकालाई राज्यले हेर्ने र प्रदान गर्ने सेवालाई बृद्धि गर्नु पर्ने बताए । त्यसैगरी संघकी निर्देशक प्रतिमा शर्माले बालबालिकाले निकै कष्टकर जीवन बिताउन बाध्य भएको भन्दै सबैलाई सहयोग गर्न अपिल गरिन् । उनले जाडो समयमा बालबालिकाहरुलाई न्यानो कपडा नहुदाँ समस्या भएको बताईन् । अहिले संघको होस्टेलमा दाङ लगाएत अन्य छिमेकि जिल्लाका गरी करिब ५० जना बहिरा बालबालिकाहरु बस्दै आएका छन् ।