सागको अन्तिम दिन, आज पाँच खेल हुदैं

Author Logo..
२०७६ मङ्सिर २४ गते मङ्गलवार

काठमाडौं , २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताको अन्तिम दिन आज पाँच खेलमा प्रतिष्पर्धा हुँदैछ।  फूटबल, बक्सिङ, बास्केटबल, स्क्वास र जुडोका खेलहरु हुनेछन्। पुरुष फुटबलको स्वर्णपदकका लागि नेपाल र भुटानबीच प्रतिष्पर्धा हुनेछ।

खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ । लिग चरणको पहिलो खेलमै नेपालले भुटानलाई ४–० ले हराएको थियो ।  साग इतिहासमै पहिलो पल्ट फाइनल पुगेको भुटानी फुटबल टिम पनि स्वर्ण पदकको किर्तिमान बनाउन चाहन्छ। भुटानले १३ औं सागमा एउटा पनि स्वर्ण पदक जितेको छैन्।

आज बक्सिङमा ८ स्वर्ण पदकको छिनोफानो हुनेछ। खेल दिउँसो १ बजेदेखि सातदोबाटोमा सुरु हुनेछ। बास्केटबलको महिला तथा पुरुषतर्फका फाइनल खेल आज दिउँसो त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुनेछन्। पुरुष बास्केटबलमा भारत र श्रीलंका तथा महिलातर्फ नेपाल र भारतबीच प्रतिष्पर्धा हुनेछ।

जुडोमा आज एक स्वर्ण पदकका लागि खेल हुनेछ। दुई स्वर्ण पदकको छिनोफानो हुने स्क्वास टिम स्पर्धामा महिला र पुरुषको फाइनल खेल हुँदैछन्। दुवै टिम प्रतिस्पर्धामा भारत र पाकिस्तान भिड्ने छन्। मंसिर १५ गतेदेखि सुरु भएको साग खेलकुदको समापन कार्यक्रम बेलुकी ५ बजे सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार