टेलिभिजनकर्मी शशी नेपालको लोक दोहोरी गित सार्वजनिक (भिडियो)

Author Logo..
२०७६ मङ्सिर २३ गते सोमवार

काठमाण्डौं । टेलिभिजनकर्मी शशी नेपालको प्रस्तुतिमा देशमा भइरहेका बेथिति विसंगतिमा थिप्रहार गर्दै तयार पारिएको लोक दोहारी गित सार्वजनिक भएको छ । प्राइम टाइम्स टेलिभिजनमा समाचार बाचिकाको रुपमा कार्यरत नेपालले गितकार अविरल विसी र संगीतकार खेम सेञ्चुरीसँगको सहकार्यमा राष्ट्रियता झल्किने गिततयार पारेकी हुन् । माया, प्रेम, विछोड, सामाजिक परिवेश आदिलाई समावेश गरेर तयार पारिने गरेको सन्दर्भमा आफुले पछिल्लो समय देश र जनतालाई परेको मर्का समावेश गरेको नेपालले बताइन् ।

अन्य कलाकारहरुकोसमेत आवाज समेटिएको गीतमा नेपालको सिमामिचिएको विषय, एनसेललाई कर छुट दिइएको विषय, निर्मलापन्त प्रकरण, वाइडबडी काण्ड, वालुवाटारको जग्गा काण्ड, नेताहरुको गैरजिम्मेवारीपन र विलासी जीवन माथि कटाक्ष गर्दै सशक्त ढंगले उठान गरिएको छ । भ्रष्टाचार, कुशासन र दण्डहिनताको अन्त्यगर्नका लागि प्रेरणा मिलोस् भन्ने उद्देश्यले गीत तयार पारिएको प्रस्तुतकर्ता नेपालले बताइन् । गीतको भिडियोसहित सार्वजनिक भएपछि नेपालले भनिन्, “यस्ता सन्देश दिने गीतहरु विगतमा पनि नबनेका होइनन्, कतिपय गीतलाई त विवादमा पनि ल्याइयो । तर विवादमा ल्याउनुभन्दा पनि मनन गर्नतर्फ ध्यानजा ओस् भन्ने मेरो चाहना हो ।”
उक्त गीत व्यवसायीक प्रयोजनका लागि नभै सन्देश र चेतना फैलाउनका लागि तयार पारिएको नेपालले बताइन् । विसीले लेखेका शब्द यथार्थपरक र देशका लागि थोरै भए पनि योगदान दिने खालका भएकाले गीतमा लगानी गर्न आफु तयार भएको नेपालको भनाई छ । धेरै राम्रा–राम्रा लोक दोहोरी गीतमा लय÷संगीत दिइसकेका खेम सेञ्चुरीले यस गीतलाई पनि निकै कलात्मक ढंगले तयार पारेकाले आफु सन्तुष्ट रहेको नेपाल बताउँछिन् ।

यसअघि राष्ट्रिय भावना समावेश गरिएको गीतमा मोडलिङ गरिसकेकी नेपालले यसपट आफुसहित अन्य कलाकारको स्वर समावेश गरेर दबाब मुलक गीत ल्याएकी हुन् । यसअघि उनले ‘देशको माया’ बोलेको गितमा मोडलिङ गरेकी थिइन् । शशी नेपालको साथमा गीतकार अविरल विसीसँगै सम्झना भण्डारी, मेक्सम खाती, नरेश खाती, भागिरथ चलाउने, विक्रम परियार, विजय सुनाम र जानकी तारामी मगरको स्वर रहेको छ । साथमा सिमा सारु र सरु आले मगरले पनि स्वरमा साथ दिएका छन् । भिडियोको निर्देशन विनोद भण्डारीले गरेका हुन् ।
सेञ्चुरीको लय÷संगीतमा सागर विरहीले एरेन्ज गरेका हुन् । मालश्री स्टुडियोमा रेकर्ड गरिएको गीतको अडियो मिक्सिङ खड्क बाजुरालीले गरेका हुन् । विरेन्द भट्टको छायाङ्कनलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

आफ्नो गीतको टिममा आवद्ध सबैको मिहिनेतले एउटा राम्रो गीत तयार भएकोमा खुशी व्यक्त गर्दै प्रस्तुतकर्ता नेपालले सबैलाई धन्यवाद दिएकी छिन् । देश र नागरिकले पाएको समस्या, शाषक वर्गले गर्नुपर्ने तर नगरेका काम देखेर धेरै चिन्ता लागे पनि प्रत्यक्ष रुपमा केही गर्न नसके पनि गीतमार्फत खबरदारी गर्ने आफ्नो लक्ष्य रहेको नेपालले बताइन् । अब आफ्नो एकल स्वरमा गीत निकाल्ने तयारीमा रहेको पनि नेपालले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार