घोराही उपमहानगरले दिवा खाजा बितरणलाई थप प्रभावकारी बनाउदै ,

Author Logo..
२०७६ मङ्सिर २२ गते आइतवार

   प्रत्येक बार फरक फरक खाजा ल्याउने गरि तालिका बनाउन विद्यालयलाई आग्रह

घोराही, घोराही उपमहानगरले विद्यालयमा सञ्चालन गरेको दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित गर्ने भएको छ । दिवा खाजा व्यवस्थापन उप समितिको आइतबार बसेको बैठकले दिवा खाजाले विद्यार्थीहरुको विद्यालय नियमितता र पोषणमा समेत सकारात्मक प्रभाव परेको भन्दै थप व्यवस्थित बनाउने निर्णय गरेको हो ।

उपसमितिका संयोजक नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षतामा बसेको बैठकले प्रत्येक विद्यालयलाई बार अनुसारको खाजा ल्याउन लगाउने निर्णय गरेको छ । दिवा खाजामा बिबिधिकरण गर्दै घरमै तयार पारिएका खाजा सहित विद्यार्थीलाई स्कुल पठाउने बाताबरण तयार गर्न उपसमितिले विद्यालयलाई पत्राचार गर्ने निर्णय गरेको हो ।

साथै सबै विद्यालयहरुमा खाजा कार्यक्रमको प्रभावकारीताका बारेमा अनुगमन गर्ने पनि निर्णय भएको शिक्षा युवा तथा खेलकुल महाशाखाका शाखा अधिकृत नारायण पौडेलले बताए ।
पौष्टिक आहार युक्त खाजालाई प्रोत्साहन गर्दै पसलबाट किनेका प्याकेजिङ कुनै पनि खानेकुरालाई प्रतिबन्ध लगाउन विद्यालयलाई निर्देशन समेत दिने निर्णय भएको छ ।

साथै केही बाल विकासका विद्यालयहरुमा अभिभाबकहरु सँग खाजा रकम लिईरहेको भन्ने गुनासो आएको भन्दै त्यसलाई तत्काल रोकी रकम फिर्ता गराउने समेत निर्णय भएको शाखा अधिकृत पौडेलले बताए ।

उपमहानगरले भर्ना दर बृद्धी गर्ने, शिक्षाको पहुँचमा पु¥याउने, स्वास्थ्य, पोषणमा सुधार ल्याउने, कक्षा छोड्ने र दोहो¥याउनेको अन्त्य गर्ने, नियमितता गराउने र सामुदायिक विद्यालयमा आकर्षण गराउने उदेश्यले चालु आर्थिक बर्ष देखी बाल बिकास देखी कक्षा ५ सम्मका बालबालिकालाई खाजा रकम उपलब्ध गराउदै आएको छ ।प्रत्येक दिनको एक जना विद्यार्थीलाई १५ रुपैयाँका दरले खाजा रकम विद्यार्थीका आमालाई हस्तान्तरण गर्दैै आएको छ । नगरका ९८ सामुदायिक विद्यालयका १२ हजार ४ सय ६७ जना विद्यार्थीलाई पहिलो चौमासिकमा ९७ लाख २४ हजार २ सय ६० रुपैयाँ बितरण गरेको नगर शिक्षाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार