चितवनमा अटो पल्टिँदा ५ जनाको मृत्यु, एक गम्भीर घाइते

Author Logo..
२०७६ मङ्सिर २१ गते शनिवार

चितवन , अटो पल्टिँदा चितवनमा पाँचजनाको मृत्यु भएको छ। राप्ती नगरपालिका-४ चेपाङ मार्गको भित्री सडकखण्डमा चौकी डाँडातर्फ गइरहेको ना. १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा अटोमा सवार पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मृत्यु हुनेमध्ये पर्वत कुस्मा नगरपालिका पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारीको मात्रै परिचय खुलेको प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले बताए। अन्य चारजनाको परिचय खुल्न बाँकी रहेको जनाइएको छ। साँझा ६:१५ बजे भएको सो दुर्घटनामा परी मृत्यु हुनेमा दुई पुरुष र तीन महिला रहेको जनाइएको छ। प्रहरीका अनुसार दुर्घटनामा अटोका चालकसहित ६ जना गम्भीर घाईते भएका थिए। तीनजनाको पुरानो मेडिकल कलेजमा र दुईजनाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। एक अन्दाजी २५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा गम्भीर अवस्थामा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार