शान्तिनगर, दाङमा एक जनप्रतिनिधीको निधन भएको छ । दाङ शान्तिनगर गाउँपालिका ४ का वडासदस्य पुनिराम कामीको निधन भएको छ । लामो समयदेखि खुट्टाको विरामी भएका ८१ बर्षीय कामीको शनिबार विहान १ बजेतिर निधन भएको हो । उनी तत्कालिन एमालेको तर्फबाट वडासदस्य निर्वा्चित भएका थिए ।
त्यस्तै कामी २०५४ सालको स्थनीय निकायको निर्वाचनबाट शान्तिनगर गाउँपालिका वडा नं. २ को वडाध्यक्ष समेत भएका थिए । उनको निधनप्रति शान्तिनगर गाउँपालिकाले दुःख ब्यक्त गरेको छ । गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले एक शोक बक्तब्य जारी गरि उहाँको निधनले समग्र गाउँपालिकालाई नै क्षति भएको बताएका छन् ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस