शरद रेग्मी दाङ,मंसिर २०। यहि मंसिर २७ र २८ गते दाङमा हुन लागेको मानव अधिकार तथा शान्ति समाजको २२ औ राष्ट्रिय परिषद बैठक सफल पार्न दाङका उद्योगी ब्यबसायीहरु लागि परेका छन ।उनीहरुले नेपाल भ्रमणबर्ष २०२० को सुरुवातमा देशभरिका मानव अधिकारकर्मिहरु दाङमा आउदा यहाको पर्यटन,धार्मिक तथा सास्कृतिक र ब्यबसायिक रुपमा समेत राम्रो प्रभाब पर्ने हुदाँ यो कार्यक्रम सफल पार्न लागि परेको तुलसीपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बिमल रिजालले बताए ।
यो कार्यक्रम दाङबासीका लागि पनि महत्त्वपूर्ण छ बाहिय र आन्तरिक पर्यटनको केन्द्रका रुपमा एक दुई वटा स्थानको प्रवर्दन गर्न सके पर्यटन बर्षले पनि सफलता दाङबाटै प्राप्त गर्न सकिने उनले बताए । शुक्रबार तुलसिपुर उद्योग बाणिज्य संघका पदाधिकारी तथा विभिन्न उपसमिति संगको छलफलमा दाङको तुलसिपुरमा हुन लागेको शान्ति समाजको राष्ट्रिय परिषद बैठक सफल पार्न महत्वपुर्ण सहयोग गर्ने प्रतिबद्ता ब्यक्त गरेको हो । सो अबसरमा बाणिज्य संघका निबर्तमान अध्यक्ष बिमल रिजाल, महासचिब रुपबहादुर खत्री ,सल्लाहकार सुरेश हमाल, किराना ब्यबसायी ,खाद्यान्न उपसमिति,गल्ला ब्यबसायी उपसमितिका प्रमुख तथा बिभिन्न उपसमितिहरु,कपडा उपसमिति र अन्य ब्यबसायीहरुले कार्यक्रम सफल पार्न बिभिन्न सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा देशभरका २५० बढि अधिकारकर्मी र नागरिक अगुवाहरुको सहभागीता रहने जिल्ला सभापति शरद रेग्मीले बताए । शान्ति समाजका संस्थापक सभापति प्रखर बक्ता कृष्ण पहाडि २७ गते अघिनै दाङ आउने कार्यक्रम समेत तय गरिएको छ । सो अबसरमा नागरिक अगुवा श्याम श्रेष्ठ ,कबिहरु लगायत वरिष्ठ पत्रकारहरु समेत दाङ आउन लागेका छन् । यता मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले कार्यक्रम भब्य रुपमा सफल पार्न सबैसंग सहयोगको अपेक्षा गरेको छ । दुई दिन सम्म सञ्चालन हुने मानव अधिकार तथा शान्ति समाजको राष्ट्रिय परिषद् बैठकमा पुर्ब मेचीदेखि महाकाली सम्मका अधिकारकर्मीहरु दाङमा आउदै गर्दा घुम्न जाउं तुलसिपुर अभियानलाई समेत महत्त्वपूर्ण सहयोग पुग्ने र यस क्षेत्रको आन्तरिक पर्यटनको प्रवर्दनमा टेवा पुग्ने पर्यटन ब्यबसायिहरुले जनाएका छन ।