पत्रकार रिजाललाई आर्थिक सहयोग

Author Logo..
२०७६ मङ्सिर २० गते शुक्रवार

घोराही, मंसिर २० । मुटुको समस्याले उपचाररत नेपाल पत्रकार महासंघका ५ नम्बर प्रदेशका सभासद महेश रिजाललाई नेपाल पत्रकार महासंघ दाङ शाखाले आर्थिक सहयोग गरेको छ । महासंघले शुक्रवार रिजाललाई नगद सहयोग गरेको हो । उपचार सहयोगार्थ पत्रकार महासंघ दाङले १ एक लाख २५हजार ६५ रूपैया हस्तान्तरण गरिएको हो ।
पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल, दाङ शाखा अध्यक्ष सविन प्रियासन, पूर्व अध्यक्ष के।वि मसाल, सचिव भुपेन्द्र वली, कोषाध्यक्ष आर।के।शीतलको उपपस्थितिमा सहयोग हस्तारन्तरण गरिएको हो ।
रिजालको उपचारका लागी पत्रकार महासंघ दाङले सहयोग संकलन अभियान थालेको थियो ।

जसमा पत्रकार महासंघको केन्द्रीय पार्षद्, प्रदेश पार्षद्, कार्यसमिति, साधारण सदस्य, सञ्चनर माध्यम, विभिन्न संघसंस्थाले सहयोग गरेका थिए । पत्रकार महासंघले सहयोग अभियानमा जोडिनु भएका जिल्लाका सम्पुर्ण पत्रकार तथा शुभचिन्तकहरुमा कृतज्ञता व्यक्त गरेको अध्यक्ष सविन प्रियाशनले बताए । साथै रिजाललाई थप सहयोगको लागि समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार