दाङ, निर्वाचन क्षेत्र नं. ३ (ख) मा प्रदेशसभा सदस्यका भएको उपनिर्वाचनमा (नेकपा) की उम्मेदवा।र विमला वली विजयी हुनु भएको छ । विमलाले ५ हजार १०४ मतान्तरले काग्रेसका उम्मेदवारलाई पछि पार्दै विजयी भएकि हुन् । उनले कुल २४ हजार २८६ मत ल्याएर नेपाली काग्रेसका उम्मेदवार केशवराज आचार्यलाई पछि पार्दै विजयी भएकि हुन् । नेपाली काग्रेसका उम्मेदवार आचार्यले १९ हजार १८२ मत ल्याएका छन् । यस क्षेत्रमा कुल मतदाता ६८ हजार ७१९ मतदाता थिए, भने ४५ हजार ७१८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी यस निर्वाचन क्षेत्रमा तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १,२,१० र ११ शान्तिनगर गाउँपालिका, दंगिशरण गाउँपालिका र बबई गाउँपालिकाका मतदाताहरुले मतदान गरेका थिए ।
प्रदेश सभा सदस्यको लागी १२ दल र २ जना स्वतन्त्र गरी १४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । त्यसैगरी २०७४ सालमा भएको निर्वाचनमा स्वर्गीय उत्तरकुमार वलीले बाम गठबन्धनको तर्फबाट ६हजार ४३५ मत ल्याई विजयी भएका थिए । उनले कुल २३, ९७०, ल्याएका थिए, भने उनको प्रतिद्धण्दी नेपाली कांग्रेसका बुद्धिराम भण्डारी १७, ५३५, मत प्राप्त गरेका थिए । त्यसैगरी मालेका टोपबहादुर डाँगी ९१०,नयाँ शक्ति पार्टी नेपालका रुद्र बहादुर केसी ८२, राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विश्वकर्मा ८२,राष्ट्रिय जनमोर्चाका देव बहादुर कामी ५२ र स्वतन्त्र उम्मेदवार लिलाधर खड्का १८ मत प्राप्त गरेका थिए ।
त्यसैगरी अहिले भएको उपनिर्वाचमासमाजवादी पार्टीका डिल्लीबहादुर डाँगी १५४ साझा पार्टी शिवकुमार चौधरी २६६ राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विश्वकर्माले ११ नेपाल मजदुर किसान पार्टीका सुरेश परियारले १५ राप्रपा संयुक्तका छोटीलाल थारुले १३८ नेकपा मालेका हरिप्रसाद डाँगले १०३ राप्रपाका भुपाल रावतले २२५ मंगोल नेशनल पार्टीका घनश्याम चौधरी ९० नेपाल लोकतान्त्रिक पार्टीका झरेन्द्र खत्रीले २६ नेपाली कांग्रेस (बिपी)का दीपक धितालले २ स्वतन्त्र गोविन्द केसीले २ टीकाराम आचार्यले ४ मत प्राप्त गरेका छन् । दाङमा प्रदेशभा तर्फ र स्थानिय तहतर्फ घोराही १६ को वडाध्यक्षको लागी चुनाव भएको थियो । घोराही १६ मा नेपाली कांग्रेसका उम्मेदवार तारा बहादुर डि.सीले १२ सय १८ मत ल्याई विजयी भएका छन् ।
त्यसैगरी उनका प्रतिद्धण्दी (नेकपा)का उम्मेदवार सुरेश बहादुर केसीले ११ सय १७ र स्वतन्त्र उम्मेदवार जगलाल चौधरीले ७२० मत प्राप्त गरेका थिए । कुल ४४५३ मतदाता रहेको वडामा ३३२६ मत खसेको थियो । प्रदेशसभा सदस्यको लागी भएको उपनिर्वाचनमा ७९७ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । २०७४ सालको निर्वाचनमा २ हजार २ मत बदर भएको थियो ।