• २०७७ कार्तिक ६ गते बिहिवार

सामाजिक अभियानता अनुराधा कोइराला दाङ आउदै

Author Logo..
२०७६ पुष १५ गते मङ्गलवार

शरद रेग्मी, तुलसीपुर, १५ पुुस । माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला दाङ आउने भएकि छन् । तुलसीपुर स्थीत आइडियल वोर्डिङ स्कुलको रजयन्तीमा सहभागी हुन उनी दाङ आउन लागेकी हुन् । वोर्डिङ स्कुलले मंगलवार रिपोर्टर्स क्लव दाङमा आयोजना गरेको पत्रकार समेलनमा विद्यालयले २५ औं स्थापना दिनवसमा कोइरालालाई दाङ ल्याउन लागेको जानकारी दिएको छ ।

रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै यहि पुस १९ गते हुन लागेको रजयन्तीमा समाजमा मानव बेचविखन विरुद्ध को सचेतना अभिबृद्धि गर्नुका साथै मानव बेचबिखनलाई रोक्नको लागि माइति नेपाललाई २५ औं स्थापना दिवसमा सहयोग गर्ने कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य दिपा धितालले जानकारी दिइन् ।

विद्यालयले यस अघिपनि विभिन्न सामाजिक कामहरु गदै आएको र स्थापना दिवसका लागि संकलन गरेको आर्थिक सहयोगबाट कटायर माइती नेपाललाई १ लाख ५० हजार सहयोग गर्ने कार्यक्रम रहेको उनले बताइन् । विद्यालयमा अध्ययन गरेको पूर्व विद्यार्थीले रजयन्तीका लागि ८ लाख बरावरको रकम संकलन गरेको बताएको छ । कार्यक्रममा विद्यालयका प्रिन्सीपल रोगु खत्रीले विद्यालयका शैक्षिक संग संगै सामाजिक काममा आफुहरुले सहयोग गर्ने उद्देश्यले सो कार्याक्रम आयोजना गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार