• २०७७ कार्तिक १३ गते बिहिवार

घुम्न जाउँ तुलसीपुरको बुधवार भव्य रुपमा उद्घाटन हुदै

Author Logo..
२०७६ पुष १५ गते मङ्गलवार

 

तुलसीपुर,तुलसीपुर उपमहानगरपालिकाले १ लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सुरुवात गर्न लागेको घुम्न जाउँ तुलसीपुर अभियानको भव्य सुरुवात हुने भएको छ । तुलसीपुरको गणेशपुर पार्कमा २०२० को सुरुवातसँगै अभियानको थालनी गरिने छ । उद्घाटन कार्यक्रमलाई भव्य वनाउनका लागि तयारी अन्तिम चरणमा पुगेको तुलसीपुर उपमहानगर स्तरिय पर्यटन प्रर्वद्धन समितिको सचिवालय समितिका संयोजक रुपवहादुर खत्रीले जानकारी दिए । उनका अनुसार तुलसीपुरको मुख्य वजारबाट विभिन्न साँस्कृतिक झाँकी सहति र्यालीको सुरुवात भइ गणेशपुर पार्कमा विशेष कार्यक्रमको आयोजना गरिनेछ ।

अभियानको प्रदेश नम्वर ५ का सभामुख पूर्णवहादुर घर्तिले भोलि ९बुधवार० १ वजे उद्घाटन गर्नेछन् ।कार्यक्रमका लागि यस क्षेत्रका सबै सभासद, नेता र संघसँस्थाहरुलाई निमन्त्रणा गरिएको पनि संयोजक खत्रीले जानकारी दिए । कार्यक्रममा गायक समिर आचार्य र प्रेम विवश घर्ती लगायत स्थानीय कलाकारको समेत प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । उद्घाटन कार्यक्रममा एकवर्ष भरि गरिने पर्यटन लक्षित कार्यक्रमको तालिका समेत सार्वजनिक गरिनेछ । उपमहानगरपालिकाले वर्षभरि नै भ्रमण वर्षलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार