जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा मासिक स्वास्थ्य शिबिर

Author Logo..
२०७६ पुष १३ गते आइतवार

घोराही, १३ पुस । राप्ती आयुर्बेदिक चिकित्सालय तुलसीपुर दाङले घोराही उपमहानगरपालिका १५ उत्साह टोलमा रहेको जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा मासिक दुई पटक स्वास्थ्य जाँच शिबिर सञ्चालन सुरु गरेको छ ।

सामाजिक विकास मन्त्रालय अन्तरगतको आयुर्बेदिक चिकित्सालय तुलसीपुर दाङले प्रत्येक महिनाको १३ र २८ गते जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य जाँच सहित उपचारको सुरुवात गरेको हो । आज जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा एक कार्यक्रमको आयोजना गरि शिबिरको सुभारम्भ गरिएको छ ।

आज पहिलो दिन ५५ जना जेष्ठ नागरिकको स्वास्थ्य उपचार गरिएको छ । अधिकांश जेष्ठ नागरिकहरुका उच्च रक्तचाप, सुगर, ग्याष्टिक, पाईल्स, पिसावको समस्या र कब्जीयको समस्या देखिएको चिकित्सालयका डा. कैलाश न्यौपानेले बताए।

स्वास्थ्य जाँच सँगै विरामीहरुलाई परामर्श र आयुर्बेदिक औषधी निशुल्करुपमा बितरण गरिएको छ । जेष्ठ नागरिकको उपचारमा डा। मदनकुमार विसी, डा। कैलाश न्यौपाने, डा। सभ्यता पन्थी र कविराज शारदा गौतम संलग्न थिए ।

चिकित्सालयले सञ्चालन गर्ने गाउँघर शहरी क्लिनिक कार्यक्रम अन्तरगत घोराहीमा एक बर्ष सम्म यस प्रकारको स्वास्थ्य जाँचको कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।

चिकित्सालय प्रमुख डा. मदनकुमार विसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले जेष्ठ नागरिकको सम्मानमा सरकार प्रतिबद्ध रहेको बताए ।

जेष्ठ नागरिकको स्याहार, माया, संरक्षण परिवारले मात्रै नभई सरकारले समेत गरेको भन्दै जेष्ठ नागरिकहरुलाई सम्मानका साथ बाँच्ने बाताबरण बनाउन आबस्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा दिवासेवा केन्द्रका सल्लाहकार नारायणप्रसाद शर्मा, केन्द्रका अध्यक्ष पुरुषोत्तम खनालले जेष्ठ नागरिकहरु सिप, अनुभब र ज्ञानका खानी भएको भन्दै माया र संरक्षणको आशामा बसेको बताए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार