• २०७७ कार्तिक १३ गते बिहिवार

घोराही १४ सम्पुर्ण किशोरीलाई आईरन चक्की खुवाईने

Author Logo..
२०७६ पुष १३ गते आइतवार

घोराही, घोराही उप–महानगरपालिका वडा नम्बर १४ ले सम्पुर्ण किशोरीहरुलाई आईरन चच्की खवाउने भएको छ । घोराही उप–महानगरपालिका वडा नं। १४ मा गठित पोषण तथा खाद्य सुरक्षा समितिको घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । पहिलो चरणमा विद्यालयमा अध्ययनरत सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई खुवाईने वडा अध्यक्ष एवं समितिका संयोजक शक्तिराम डाँगीले बताए । दोश्रो चरणमा वडामा रहेका सम्पुर्ण किशोरीहरुलाई पायक पर्ने स्थान एवं नजिकको स्वास्थ्य संस्थामा लगेर आईरन चक्की खुवाउन उनले अभिभावकलाई आग्रह गरे । किशोरीहरुलाई ३÷३ महिनाको फरकमा आईरन चच्की खुवाउँने पर्ने भएपनि अहिले सम्म यस्तो नभएको उनले बताए । प्रयाप्त जनचेतनाको अभावका कारण अधिकासं किशोरीले आईरन चच्की खान नमानेको भन्दै यो अभियानकै रुपमा संचालनगरी स्वस्थ जनशक्ति उत्पादनक लागि वडा कार्यालय यो अभियान संचालन गरेको बताए। अधिकासं किशोरीहरुमा रक्त अल्पता,शरिरमा रगतको अभाव हुने जस्ता समस्या देखिएका कारण किशोरीहरुलाई स्वस्थ्य राख्न समितिले यो अभियान चलाउँने समितिका सदस्य एवं बालमन्दिर प्राविका प्र.अ.बिष्णु भण्डारीले जानकारी दिनुभयो । छात्रालाई सम्बन्धित विद्यालयमा पुगेर आईरन चच्की समेत खुवाउने भण्डारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार