प्याब्सन दाङले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउदै

Author Logo..
२०७६ पुष ११ गते शुक्रवार

तुलसीपुर, निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल( प्याब्सन दाङ)ले शुक्रवार दाङ जिल्लाका प्याब्सनमा आवद्ध निजी तथा संस्थागतका विद्यालयहरु विच विभिन्न प्रतियोगिता गरेको छ । दाङको तुलसीपुर, घोराही, देउखुरी क्षेत्रमा शुक्रवार हाजिर जबाफ, हिज्जे,प्रतियोगिता, चित्रकला प्रतियोगिता कार्यक्रम गरेको प्याब्सन दाङले जनाएको छ । प्याब्सन दाङको यहि पुस २२,२३ र २४ गते स्थापना दिवस मनाउन लागेको र त्यहि अनुसार शुक्रबार पहिलो चरणमा छनोट कार्यक्रम अन्र्तगत प्याब्सनमा आवद्ध विद्यालयहरु विच विभिन्न प्रतियोगिता भएको प्याब्सन दाङले जनाएको छ ।

त्यसैगरी तुलसीपुरमा प्याब्सन तुलसीपुरले पनि शुक्रबार कार्यक्रम गरेको छ । तुलसीपुर क्षेत्रका २५ वटा विद्यालयहरुको सहभागीतामा मा.वि तह अन्र्तगत हाजिरी जबाफ,प्रा.वि स्तरिय चित्रकला र आधारभुत स्तरिय हिन्जे प्रतियोगीता भएको थियो । प्याब्सन तुलसीपुरका अध्यक्ष गिरीराज डाँगीको अध्यक्षतामा एवं निर्वतमान केन्द्रिय तथा प्याब्सन दाङका बरिष्ठ सल्लकार लम्बोदर लामीछानेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बोलने बक्ताहरुले निजी विद्यालयहरु शिक्षा क्षेत्रमा मात्र नभई अन्यक्रियाकलापमा पनि उत्कृवट भएको बताएका थिए । कुनै समयमा निजि विद्यालयका विद्यार्थीहरुलाई पढाउने बाहेक अन्य अतिरिक्त क्रियाकलाप नगराउने जस्ता आरोप लाग्ने गरेको भएता पनि पछिल्लो समयमा निजि विद्यालयका विद्यार्थीहरु पढाईमा मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट भएको बताएका थिए ।

कार्यक्रममा प्याब्सनका प्रदेश ५ का सदस्य दिपक शाह, प्याब्सन दाङका बरिष्ठ उपाध्यक्ष मधुशुदन केसी, ऐन प्याब्सन तुलसीपुरका अध्यक्ष भोजराज न्यौपाने,प्याब्सन दाङका सल्लाकार चुर्ण बहादुर केसी, लगाएका मन्तब्य राखेका थिए । २५ वटा विद्यालय सहभागी भएको कार्यक्रममा हाजिरी जबाफ तर्फ तुल्सी बोडिङ स्कुल प्रथम,गोरखा मा.वि तुलसीपुर द्धितिय, अमर बोडिङ स्कुल तृतिय र शान्तिदिप बोडिङ स्कुल सान्तवना भएको थियो । त्यसैगरी चित्रकला प्रतियोगितामा शान्तिदिप बोडिङ स्कुलकी सृष्टि रोका प्रथम, न्यु स्टार बोडिङ स्कुलका सक्षम चौधरी द्धितिय, सप्तरंगी बोडिङ स्कुल( सक्सेस)का बिमल विक तृतिय र हाम्रो पहुच बोडिङ स्कुलका विकास पुन सान्तवना भएका थिए । त्यसैगरी हिज्जे प्रतियोगिता तर्फ तुल्सी बोडिङ प्रथम, हिमाल एकाडेमी द्धितिय, लिटिल हेभन बोडिङ स्कुल तृतिय र फोटिनाई बोडिङ स्कुल सान्तवना भएका थिए । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेहरु विच जिल्ला स्तरिय प्रतिस्पर्धा हुने प्याब्सनले जनाएको छ । प्याब्सन तुलसीपुरका उपाध्यक्ष डम्बर डाँगीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण प्याब्सन तुलसीपुरका सचिब बिष्णु योगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार