• २०७७ फाल्गुन १७ गते सोमवार

बबई गाउँपालिकाका अध्यक्ष पौडेलको श्रीमती माथि अज्ञात समुहद्धारा हातपात

Author Logo..
२०७६ पुष १० गते बिहिवार

हापुरे, दाङको बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलकी श्रीमती माथि घरमै अज्ञात समुहले धरपकट गरेको छ । गाउँपालिका अध्यक्ष पौडेल विहिवार बिहान मर्निङ वाकका लागि घर बाहिर निस्किएको समयमा बिहान ५ बजेतिर हतियारधारी समुहले उनको श्रीमतीमाथि हातपात गरेको अध्यक्ष पौडेलले बताए । पौडेलकी श्रीमती कमला पौडेलमाथि हातपात गर्नुका साथै उक्त समुहले धम्की दिएको पौडेलले बताए ।
भैसीका लागि दाना पकाउने क्रममा आएका ४ जनाको एक समुहले अध्यक्षकी श्रीमती पौडेल माथि धरपकट गरेको अध्यक्ष पौडेलले बताए । बबई गाउँपालिका ४ हापुरेमा रहेको घरमा उनीहरुले धरपकट गरेका हुन् । घटनापछि अध्यक्ष पौडेलले अज्ञात समुह आक्रमणका लागि घरमा आएको हुन सक्ने बताए । राजनीतिक प्रतिशोध साध्नका लागि कसैले उक्त समुहलाई प्रयोग गरिएको हुन सक्ने उनले बताए । अध्यक्ष पौडेलको घरबाट निस्केका उनीहरुले हापुरे बजारको चोकमा स्थानीय चन्द्रबहादुर वलीमाथि समेत आक्रमणको प्रयास गरेको समेत बताईएको छ । वलीले प्रतिकार गरेपछि उनीहरु मोटरसाइकलमा भागेको पिडित वलीले बताए । घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार