• २०७७ कार्तिक ६ गते बिहिवार

दोस्रो ईन्टर स्कुल फुटसल प्रतियोगिताको तयारी पूरा

Author Logo..
२०७६ पुष ८ गते मङ्गलवार


लक्ष्मण बस्नेत ,तुलसीपुर । दाङको तुलसीपुरमा यहि पुस १८ गते देखि सुरु हुन लागेको दोस्रो ईन्टर स्कुल फुटसल प्रतियोगिता २०७६ को तयारी पूरा भएको छ । तुलसिपुर युथ क्लबको आयोजनामा तुलसिपुर ६ स्थित द लेगेण्ड फुटसल ग्राउन्ड मा संचालन गरिन लागेको प्रतियोगिता को आर्थिक, प्राबिधिक तथा प्रचार प्रसार लगाएतको तयारी कार्य पूरा भएको आयोजक क्लबका अध्यक्ष बरुण कुमार श्रेष्ठले बताए ।

स्थानिय स्तरमा फुटसल खेलको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक फुटसल खेल को बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा तुलसिपुर नगर क्षेत्र का १२ टिमको सहभागिता रहने र कक्षा १२ मा अध्यनरत बिद्यार्थी ले बिधालय को टिममा सहभागिता जनाउन सक्ने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ३० हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद १५ हजार मेडल, प्रमाणपत्र हात पार्ने छ । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तथा प्रत्येक म्याच मा म्यान अफ द म्याच हुने खेलाडी लाई पुरस्कृत गरिनेछ पुस १९ गते सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार