• २०७७ कार्तिक ६ गते बिहिवार

दाङमा पक्राउ परेका विप्लव नेतृत्व नेकपाका नेताहरु धरौटिमा छुट्न मानेन्

Author Logo..
२०७६ पुष ७ गते सोमवार

घोराही , दाङको राजपुर गाउँपालिका ४ मुंग्रठा खोलाबाट २ महिना पहिले पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाका २१ जना नेताहरु पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिस रितेन्द्र थापाको इजलासले २१ जना बिप्लव समुहका नेताहरुलाई जनही १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । तर नेताहरुलाई फेरी पक्राउ गर्न प्रहरी तयार अबस्थामा रहेका कारण उनीहरुले धरौटी तिर्न नसक्ने भन्दै करागार जाने निधो गरेका हुन् ।
अदालतको आदेश अनुसार धरौटीमा छुट्टे तयारी गरेका नेताहरुलाई प्रहरीले अन्य मुद्धामा पक्राउ गर्ने तयारी गरेपछि आफुहरु धरौटी नतिर्ने र पूर्पक्षका लागि कारागार जाने निर्णय लिईएको पार्टीका मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द (विरजंग)ले बताए । अदालतबाट छुट्ने बित्तीकै प्रहरीले अन्य मुद्धा लगाएर गिरफ्तार गर्ने देखिएका कारण २१ जना नेताहरुलाई अदालतले कारागार चलान गरेको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार