• २०७७ मङ्सिर ९ गते मङ्गलवार

दाङमा दहमा डुबेर दुई बालकको मृत्यु

Author Logo..
२०७६ पुष ६ गते आइतवार

घोराही , दाङमा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । आइतबार घोराही उपमहानगरपालिका १ अठ्ठाईसेको किचेनी दहमा डुबेर दुई बालकको मृत्यु भएको हो । स्थानिय भुपेन्द्र घर्तीका साढे २ बर्षिय छोरा युवराज घर्ती र बुद्धीराम घर्तीको ४ बर्षिय छोरा समिर घर्तीको पानीमा डुबेर मृत्युभएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दहमा खेल्ने क्रममा बालकहरु डुबेको बताईएको छ । शबलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जानकारी दिएको छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान समेत सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार