• २०७७ कार्तिक १२ गते बुधवार

विकासमा कुनै टोललाई भेदभाव हुदैन् : वडाध्यक्ष ढकाल

Author Logo..
२०७६ पुष ५ गते शनिवार


झग्गु भण्डारी, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष घनश्याम ढकालले टोल विकास संस्थाहरु बलियो भएमात्र वडा बलियो हुने बताए । शनिवार विकासपुर टोल विकास संस्थाको नवनिर्मित भवन उद्घाटन वडाध्यक्ष ढकालले आफु निर्वाचित भएर आईसकेपछि प्रत्येक वडाहरुमा विकास निर्माण तिव्र रुपमा भएको भन्दै उनले वडालाई बलियो बनाउन वटालहरु बलियो हुनु पर्ने बताए ।

विकासपुर टोल विकास संस्था अध्यक्ष परबिर रोकाको सभापतित्वमा एवं ढकालको प्रमुख आथित्यतामा भएको कार्यक्रमा बोलदे उहाँले आफुले कुनै पनि टोलहरुलाई विकास निर्माणको लागी पक्षपात नगरी सबैलाई एकनास रुपले हेरेको समेत बताए । त्यसैगरी उनले सबै टोलहरु सरह नै विकासपुर टोलको लागी आफुले ध्यान दिने समेत बताए ।

करिब ८ लाखको लागतमा निर्माण सम्पन्न भएको भवन उद्घाटनका क्रममा (नेकपा)का वडा नं ८का अध्यक्ष मुक्ति भट्टराई , नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष मुक्ति प्रसाद न्यौपाने , टोलका संस्थापक अध्यक्ष नर बहादुर बुढा , नेपाल शिक्षक संघका कुल बहादुर डांगी, पुर्व अध्यक्ष मोतिराम वली , महिला सदस्य गिता सिंह ठकुरी , शिवज्योती टोल विकास संस्थाका अध्यक्ष भिम बहादुर वली , अमृतनगर टोल विकास संस्थाका अध्यक्ष भागीराम थापा, शिवशक्ति टोलका केशव वली लगाएतका बालेका थिए ।

त्यसैगरी कार्यक्रममा टोलका जेष्ठ नागरिक दलबीर रोका, भवन निर्माणको क्रममा सहयोग गर्ने सहयोगीहरूलाई सम्मान समेत गरीएको थियो । संस्थाका उपाध्यक्ष कुल बहादुर विकको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको सहजÞिकरण संस्थाका सचिब अशोक कुमार बुढ़ामगर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार