• २०७७ मङ्सिर ११ गते बिहिवार

राष्ट्रिय योजना आयोगबाट तुलसीपुरमा करिव ६ करोड वजेट

Author Logo..
२०७६ पुष ३ गते बिहिवार

तुलसीपुर,  राष्ट्रिय योजना आयोगले तुलसीपुर उपमहानगरपालिका भित्रका विभिन्न गौरवका योजनाका लागि करिव ६ करोड रकम विनियोजन गरेको छ । उपमहानगरपालिकाले प्रस्तावित गरेका विभिन्न योजनाहरुका लागि वहुवर्षिय रुपमा वजेट विनियोजन गर्ने गरी यो वर्षका लागि ५ करोड ७४ लाख विनियोजन गरिएको हो ।

नगरप्रमुख घनश्याम पाण्डेले दिएको जानकारी अनुसार योजना आयोगले तुलसीपुर वहुप्राविधिक शिक्षालय (मेट्रो कलेज) को भवन निर्माणका लागि १ करोड १९ लाख, मावि विजौरीको भवन निर्माणका लागि १ करोड , अश्वारा भिमसेन नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रको भवन निर्माणका लागि ७५ लाख,वडा नम्वर ४ मा रहेको मजुवा खानेपानी आयोजनाका लागि ८० लाख, विपन्न परिवारलाई जस्तापाता वितरणका लागि २ करोड रकम विनियोजन गरेको हो ।

विनियोजित रकम विशेष र समपुरक अनुदान मार्फत उपलब्ध गराइएको हो । नगरप्रमुख पाण्डेले वजेट विनियोजनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार