टेक्टरको ठक्करबाट एक बालिकाको मृत्यु एक घाईते

Author Logo..
२०७६ पुष ३ गते बिहिवार

तुलसीपुरमा विहान टे«क्टरको ठक्करवाट एक वालीकाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन । मृत्यु हुनेमा तुलसीपुर ७ की १२ वर्षिय विजिता केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । केसीको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसी आवासिय माध्यामिकमा अध्ययन गर्न विद्यालय जाँदै गर्दा विहान ९ वजे तुलसीपुर गोदामघर नजिकै सल्यानवाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ त १४३५ नम्वरको ट्रेक्टरको ठक्करवाट तुलसीपुर ७ कै १४ वर्षिय मनिष वली सामान्य घाइते हुनुभएको छ भने उनीको अहिले राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । चालक र टे«क्टरलाई अहिले प्रहरीको नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार