चुनाबमा खर्च गर्ने संस्कार परिबर्तन गरौँ : अपार
तुलसीपुर, २ पुस । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाङ क्षेत्र नं. ३ (ख) को प्रदेशसभा निर्वाचन परिचालन कमिटिले बुधबार उपनिर्वाचनको समीक्षा गरेको छ । नेकपा तुलसीपुरको पार्टी कार्यालयमा भएको चुनाबी समीक्षाका क्रममा जनताको साथ र पार्टीको मेहनतले जीत हाँसिल गर्न सफल भएको निष्कर्ष निकालेका थिए । नेकपा प्रदेश नं. ५ का सचिब तथा चुनाब परिचालन कमिटिका संयोजक जगप्रसाद शर्मा‘अपार’ले यो निर्वाचनमा पार्टीले नयाँ ढंगले चुनाब लडेको बताए ।
उनले बिगतमा जस्तो खर्चिलो नभई थोरै खर्चमा पनि चुनाब लड्न सकिन्छ, भन्ने कुराको स्थापित गर्न पार्टी सफल भएको बताए । उनले जनताको विस्वास नै ठूलो कुरा भएको भन्दै पार्टीमा अनाबश्यक खर्च गरेर भन्दा पनि उचित एजेण्डा र विकासलाई जोड दिनुपर्ने सन्देश दिएको समेत बताए ।
सरकारले दुई बर्षमा गरेका विकास निर्माणका कामलाई जनतामाथ स्थापीत गराउन पनि पार्टी सफल भएको उनको भनाई थियो । साथै पार्टी केन्द्रीकृत र एकताबद्ध भएको सन्देश पनि चुनाब मार्फत दिएको भन्दै यो पनि ठूलो उपलब्धी भएको अपारले बताए ।
त्यसअवसरमा प्रदेशसभा सदस्य बिमला ओलीले आफुलाई अमुल्य मतदान गरेका बिजय बनाउने आम मतदाताहरुलाई धन्यवाद समेत ब्यक्त गरेकी थिईन् । समीक्षा कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु भागवत विस्वासी, नारायणी शर्मा, दामा शर्मा, ईन्द्रजित चौाधरीलगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।