विकास र प्रचारको पखाईमा चमेरे गुफा

Author Logo..
२०७६ मङ्सिर २९ गते आइतवार

तुलसीपुर, सरकारले भव्यरूपमा नेपाल भ्रमण वर्ष २०२० मनाउन लागेको छ । नेपालमा पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले नेपाल भ्रमण वर्ष मनाउने तयारीमा जुटेको हो । भ्रमण वर्षलाई थप सार्थकता दिनका लागि नेपालको कला, संस्कृति, धर्म, रहनसहन, प्राकृतिक सौन्दर्यता लगायतको नेपाली पहिचान झल्कने खालको बनाउनसमेत आग्रह गरेको छ । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाले पनि घुम्न जाउँ अभियान शुरु गर्न लागेको छ । तर दाङमा यस्ता प्रर्यटयिक स्थल छन् । जुन अहिले पनि विकास र प्रचार प्रसारको कारणले ओझेलमा परेका छन् । त्यस्तै तुलसीपुर ४ मुलकोट मा रहेको चमेरे गुफा पनि एक हो । पर्यटकिय सम्भावना र ऐतिहासिक महत्व बोकेको मुलकोट सामुदायिक वन क्षेत्रमा रहेकोे चमेरे गुफा विकास र प्रचार प्रसारले ओझेल परेको हो । तुलसीपुर बजारदेखि करीव २५ किलोमिटर अर्थात एक घण्टाको दुरीमा रहेको गुफामा पुग्नका लागि उपयुक्त बाटो नहुदाँ समस्या भएको छ । ऐतिहासिक महत्वसँगै भित्र भिन्न देविदेवताहरुको आकृतिहरु देख्न सकिने गुफाको प्रचार प्रसारसँगै राम्रो बाटो नहुँदा पछि परेको चमेरे गुफाका चौकिदार सिताराम पुन मगलरले बताए । उनले भने, बाहिरको त कुरा छाडाँै कतिपय तुलसीपुरका नागरिकहरुलाई समेत चमेरे गुफा थाहाँ छैन्, गुफा आउनको लागी दाङ – सल्यान सडक अन्र्तगत हर्नेटीबाट आउनु पर्छ तर कतिपय बाटा थाहाँ नपाएर कपुरकोट पुग्ने गरेका छन् । यदि यसलाई पर्यटकिय स्थलका रुपमा विकास गर्ने हो, भने यहाँ बाटो , विद्युत्, पिउने पानी जस्तामा ध्यान दिनु पर्ने उनले बताए ।


गुफाको भित्ताहरुमा विभिन्न देवीदेवताको आकृतिसँगै हजारौका संङख्यामा रहेका चमेरा देख्न सकिन्छ र गुफा भित्र प्रबेश गर्ना साथ प्राकृतिक बिबिधताले भरीपुर्ण मनोरम दृष्यका साथै चिसो अनुभव गर्न सकिन्छ । यो गुफा २०५६ सालमा पत्ता लागेको थियो । तर संकटकालमा त्यस गुफा ध्वस्त पार्ने पनि धेरै कोसिस गरीएको थियो । त्यस अबस्थामा पनि गुफा बचाउन धेरै संघर्ष गर्नु परेको गुफा संरक्षण समितिका अध्यक्ष भुप बहादुर पुनले बताए । त्यसैगरी उनले गुफामा आउने पर्यटकहरुको स्थल बनाउनको लागी झण्डै ९८ करोडको डिपियार तयार भएको र त्यो अनुसार काम भयो भने यो दाङ कै एक नम्बर पर्यटकिय स्थल हुने बताए । विगतको भन्दा अहिले धेरै विकास भएको र यहाँ आउने पर्र्यकटहरुको लागी बस्न र खानाको लागी होमस्टे संचालन गर्न लागेको उनले बताए । त्यसैगरी उनले चमेरा गुफामा पहिलेको तुलनमा भन्दा चमेराहरु बस्न छाडेकाले चमेरा अनुसन्धानको लागी केन्द्र बनाउन लागेको बताए । निकै विकट क्षेत्रमा रहेको र स्थानीयले प्रचारप्रसार भन्दा गाउँमा सडक,खानेपानी, शिक्षा, विद्युत लगायतका आवश्यक रहेका कारण यो प्राथमिकतामा पर्न सकेको छैन । गुफासम्म पुग्नलाई बाटो छैन,थोरै बजेटवाट बाटो खोल्न सकिने अवस्था पनि छैन त्यो भन्दा आवश्यक सडक,खानेपानी, शिक्षा, विद्युत लगायतका आवश्यकताहरु भए,त्यसले गर्दा आफनै ठाउँमा रहेको गुफाको प्रचारप्रसार हुन सकेको छैन । गुफा भित्र बत्ति नभएको र केहि ठाँउ खतरा भएको सिडि राम्रोसंग मर्मत नभएको कारणले अवलोकन गर्न अलि असहज भएको गुफा हेर्न आएका तुलसीपुरका १३ का राम लखन चौधरीले बताए । पहिलो पटक गुफा हर्ने आएको हु, तर यहाँ भित्र लाईटको ब्यवस्था रहेनछ, उनले भने । त्यसैगरी गुफा सम्म आउनको लागी पनि वाटो राम्रो रहेन छ, आउन धेरै कष्ट भयो । त्यस्तै अर्का तुलसीपुर १३ कै सुनिल चौधरीले पनि गुफा एकदमै राम्रो भएता पनि भित्र लाइट र सिडी राम्रो नहुदाँ दुर्घटनाको जोखिम भएको बताए । त्यसैगरी गुफा भएको ठाउँमा खाना र बस्नको ब्यवस्था भए राम्रो हुने उनले बताए । टाढाबाट आएका पर्यटकहरुले केहि खाम भने पनि त्यसको ब्यवस्था रहेन छ ,उनले भने ।


पर्यटकिय सम्भावनाका रुपमा रहेको चमेरे गुफाको प्रचार–प्रसारसँगै विकासका लागि विभिन्न निकायवाट कुरा उठाएको भए पनि यसको सुनुवाई भएको छैन । ऐतिहासिक एवं पर्यटकिय सम्भावना बोकेको गुफाको विकास गर्नुपर्छ भनेर विभिन्न निकायसँगै यसक्षेत्रबाट प्रतिनिधित्व गर्ने नेतासँग कुरा राख्ने काम गरेको तर सबै क्षेत्रबाट हुन्छ ,भन्ने काम नगर्ने प्रवृतिका कारण खासै विकास भएको छैन् । त्यसैगरी गुफाको विकासको लागी पहिलो पटक गत बर्ष प्रदेश सरकारले २० लाख दिएको र त्यसले डिपिआर तयार पारेको र अहिले पनि प्रदेश सरकारले ५० लाख बजेट बिनियोजन गरेको तुलसिपुर उपमहानगरपालिकाका प्रबक्ता सुर्य डाँगीले बताए । यो गुफलाई पर्यटकिय रुपमा बिकास गर्न तुलसीपुर उपमहानगरपालिकाको ध्यान केन्द्रित रहेको समेत प्रबक्ता प्रबक्ता डाँगीले बताए । त्यसैगरी उनले चमेरे गुफालाई तुलसीपुरको पहिचान र चिनारीको रुपमा विकास गर्न लागेको बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार