• २०७७ कार्तिक ६ गते बिहिवार

सिन्धुपाल्चोकमा बस दुर्घटना हुदाँ १४ जनाको मृत्यु

Author Logo..
२०७६ मङ्सिर २९ गते आइतवार

काठमाडौं, २९ मंसिर ।  दोलखाको कालिञ्चोकबाट काठमाडौं फर्कदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोसी गापा वडा नम्बर ७ को ६ किलोमा दुर्घटना हुदा १४ जनाको मृत्यु भएको छ ।

मृतक मध्य दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ६ का जुनु तमाङको सनाखत भएको छ । अन्यको सनाखत हुन सकेको छैन ।

यसअघि १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार उपचारको क्रममा थप २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ८ जना महिला, ३ जना पुरुष, एकजना बालिका र दुईजना बालक रहेका छन् ।

दुर्घटनामा १८ जना घाईते भएको र उनीहरूको काठमाडौं र सिन्धुपाल्चोकको सदावहार अस्पताल खाडीचौरमा उपचार भैरहेको सिन्धुपाल्चोकका प्रहरी निरीक्षक गणेश खनालले बताए । । घाईते मध्य ६ जनाको अवश्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार