• २०७७ फाल्गुन १३ गते बिहिवार

सल्यानमा भिरबाट लडेर एक जनाको मृत्यु

Author Logo..
२०७६ मङ्सिर २८ गते शनिवार

सल्यान , सल्यानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ६ निवासी ५३ वर्षीय तेजबहादुर पुनको शनिबार भिरबाट लडेर मृत्यु भएको हो।  आफन्तको विवाहमा पुगेर घर फर्केने क्रममा भलाखर्कको जंगलको भिरबाट लडेर मृत्यु भएको  आफन्तले जनाएका छन्। उनको शव २ सय मिटर तल भिरमा भेटिएको थियो। पानी परेकोले चिप्लिएर लडेको हुन सक्ने आफन्तले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार