घोराही चौघेरामा निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

Author Logo..
२०७६ मङ्सिर २८ गते शनिवार

तुलसीपुर, निशुल्क दन्त स्वास्थ्य शिविरमा करिब एक सय जनाले सेवा लिएका छन् । शनिवार गोरक्ष नाथ वैदिक गुरुकुल घोराही १७ चौघेराको आयोजना तथा विआर डेन्टल हस्पिटल घोराहीको प्राविधिक सहयोगमा निशुल्क दन्त शिविर तथा सचेतना मुलक कार्यक्रममा विद्यार्थी, शिक्षक,मन्दिरमा दर्शन गर्र्न आएका जनाले सेवा लिएको आयोजकले जनाएको छ । विद्यार्थी, शिक्षक ,मन्दिर ब्यबस्थापक, मन्दिरमा दर्शन गर्न आएका भक्तजहरुलाई चेक जाचँ गरिनुका साथै मुख स्वास्थ्य सम्बन्धी बृहत् जनचेतना मूलक कार्यक्रम गरेको बरिष्ठ दन्त रोग विशेषज्ञ डा.बि पि भुसालले बताए । शिविरमो दन्त रोग डा. रचना घिमिरे , विभिन्न स्कुलका विद्यार्थी सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार