• २०७७ कार्तिक ४ गते मङ्गलवार

लागुऔषध नियन्त्रणदेखि सिमा रक्षाको अभियान प्रस्ताव पारित गर्दै , शान्ति समाजको २२ औँ राष्ट्रिय परिषद बैठक सकियो

Author Logo..
२०७६ मङ्सिर २८ गते शनिवार

तुलसीपुर, मानवअधिकार तथा शान्ति समाजको २२ औँ राष्ट्रिय परिषद बैठक ६ बुँदे महत्त्वपूर्ण प्रस्ताव पारित गर्दै सकिएको छ । तुलसीपुरमा शुक्रबार र शनिबार दुई सम्म दाङको तुलसीपुरमा चलेको २२ औँ राष्ट्रिय परिषद बैठकले लागुऔषध दुव्र्यसनी विरुद्धको अभियान देखि राष्ट्रियताको सवाललाई समेटेको छ । बैठकले लागुऔषध दुव्र्यसनी विरुद्धको अभियान युवामा केन्द्रीत गर्ने भएको छ । लागुऔषध दुव्र्यसनी रोकथामका विषयमा विभिन्न प्रयास भएपनि लागुऔषध दुव्र्यसनीको समस्या भित्राभित्रै फैलिएको भन्दै रोकथामका लागि युवा लक्षित कार्यक्रम गरिने भएको हो ।

परिषदले लागुऔषध विरुद्धको अभियानलाई प्रभावकारी बनाउन विद्यालयमा सचेतनाका विषय कार्यक्रम गर्न लागेको हो । लागुऔषध दुव्र्यसनी रोक्नका लागि मानवअधिकार, शान्ति र वातारवरण शिक्षालाई पाठ्यक्रममा लागु गर्न सम्बन्धित निकायलाई दवाव दिने प्रस्ताव पारित भएका छन । समाजले सार्वजनिक गरेको घोषणापत्रमा भारतले भर्खरै नयाँ सार्वजनिक गरेको नक्साप्रति आपत्ति जनाएको छ । भारतको पछिल्लो गल्तीले दुई देशबिचका नागरिकको सम्बन्धमा खलल पुगेको भन्दै समाजले गल्ती सच्याउन आग्रह समेत गरेको छ ।

लामोसमय देखि भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै समाजले सिमा रक्षाका विषयमा गम्भिर बन्न नेपाल सरकारलाई आग्रह गरेको छ । जलवायु परिवर्तन मानव सभ्यताको प्रमुख चुनौतिको रुपमा रहेको भन्दै विश्वव्यापी उष्णता बारे सचेतना र हिमालय बचाऔँ अभियान संचालन गर्ने उल्लेख गरिएको छ ।

भारत र चिनको हरितगृह ग्याँस उत्सर्जनले नेपालका नागरिक प्रभावित बनेको भन्दै कार्वनडाइअक्साइडको उत्सर्जनलाई न्यून गराउन भारत र चिनसमक्ष आग्रह गरिएको छ । दाङसहित देशभरका करिब ३ सय प्रतिनिधि तथा परिवेक्षक सहभागि २२ औँ राष्ट्रिय परिषद बैठकले गुणस्तरिय र वैज्ञानिक शिक्षा, कारागारलाई सुधार गृहको रुपमा रुपान्तरण गर्ने र मानव बेचबिखन तथा ओसार पोसार जस्तो गम्भिर अपराधलाई निराकरणका लागि अभियान संचालन गर्ने निर्णय पारित गरेको समाजका केन्द्रिय महासचिव सुशिल बस्नेतले बताए ।

समाजका सभापति उत्तम पुडासैनीको अध्यक्षतामा समापन कार्यक्रम भएको थियो । त्यसावसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुक घनश्याम पाण्डे,अछामको बन्गडी जैगडा गाँउपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्का, समाजका पूर्व केन्द्रीय कोषाध्यक्ष स्थानेश्वर दवाडी, पूर्व सचिव विश्वप्रकास बास्तोला लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार