• २०७७ मङ्सिर ११ गते बिहिवार

तुलसीपुर १६ जहदागाउँमा अतिक्रमण जग्गा खाली गराउछौँ : प्रवक्ता डाँगी

Author Logo..
२०७६ मङ्सिर २८ गते शनिवार

                            हामी छोड्दैनौँ : स्थानिय
तुलसीपुर, दाङको तुलसीपुर उपमहानगरपालिकाले अतिक्रमण भएको सार्बजनिक ऐलानी जग्गा खाली गर्न शुरु गरेको छ । तुलसीपुर बसपार्क जाने बाटोमा निर्माण भएका घरहरु हटाईसकेको छ । त्यसैगरी औद्योगिक ग्राम प्रस्ताव गरिएको तुलसीपुर–१६ जदागाउँमा रहेको करिब एक सय विघाह जग्गा बढि जमिन अतिक्रमण भएको भन्दै त्यहाँ रहेका बस्ती हटाउने भनि उपमहानगरपालिकाले सुचना प्रकासित गरिसकेको छ,भने बस्तीमा बस्दै आएका स्थानियहरुले भने आफुहरुले २०÷२५ बर्षदेखी भोगचलन गर्दै आएको जमिन नछाड्ने अडान लिदै आएका छन् । जदागाउँमा रहेको जमिनलाई गएको बैशाख १९ गते तुलसीपुर उपमहानगरपालिकाको ५७ औ कार्यपालिका बैठकले औद्योगिक ग्राम गराउने निर्णय गरेको थियो । वडाध्यक्षहरुको प्रस्तावमा तुलसीपुर १६ को जहदागाउँ, वडा नं। २ को घोरबन्डा, वडा नं।३ को रेउले टोलको तल्लो भेग, वडा नं। १३ को भन्ज्याङ डाडाँ र वडा नं। १० को बेलगनारमा रहेको प्रति ऐलानी जग्गालाई कार्यपालिका बैठकले औद्योगिक ग्राम बनाउने निर्णय गरेको तुलसीपुर उपमहागनरपालिले जनाएको छ ।

अहिले जदागाउँमा करिब १३० जनाले उक्त जग्गा बाडफाड गरी भोग चलन गर्दै आएका छन् भने, करिब २५ वटा घर टहरा बनाएर बस्दै आएको स्थानियहरुको भनाई छ । २०÷२५ बर्षदेखी तुलसीपुर १६ जहदागाउँमा बस्दै आउनु भएकी कृष्ण थरुनीले ज्यान गए पनि जग्गा नछोड्ने बताइन् । उनले आफुसंग अनेत्र जग्गा नभएको भन्दै दुखकष्ट गरेर बनाएको जग्गा नछोड्ने बताईन् । यदि हामीलाई हटाउनु नै थियो, भने वडाले किन हामीलाई खोलाले कटान गरेको बेला तारजाली किन दियो, उनले भनिन् ।

खोेलाले कटान गरेरको जग्गालाई संरक्षण गरेर बस्दै आएका हौँ, हामीले ज्यान जाला तर छोड्दैनौँ । त्यसैगरी सोही स्थानमा बस्दै आएका जगराम चौधरीले स्थानिय सरकारले बल प्रयोग गरि हटाउन खोजमा यहि मर्ने भन्र्दै उनले २०÷२२ बर्षअघि एक जनालाई २१ हातको दरले बाडेर बसेको बताए । करिब १३० घरपरिवारले उक्त जग्गा बाडेका भएता पनि अहिले २५ वटा घर बनाएर बस्दै आएको चौधरीले बताए । त्यसैगरी अर्का लाल बहादुर बिकले निर्वाचनको बेला भोट माग्न आउँदा लालपुर्जा पाउनु हुन्छ, भन्दै हामीसंग भोट माग्ने जितेपछि अहिले हामीलाई उठिबास लगाउने भन्दै उहाँले यदि यो हटाउन लागे डोजर अगाडि नै सुत्ने तर जग्गा नछोड्ने बताए । त्यसैगरी बस्ती बचाउ अभियानका संयोजक ईश्वरी भण्डारीले बर्षौदेखी भोगचलन गर्दै आएको जमिनमा अहिले आएर उपमहानगरले अतिक्रमण गरेको भन्नु सरकारको नाङ्गो हस्तक्षप भएको बताए ।

यता तुलसीपुर उपमहानगरपालिकाले भने अतिक्रमित जग्गा खाली गराएर छोड्ने बताएको छ । तुलसीपुर उपमहानगरपालिका भित्र अतिक्रमण भएका जग्गाहरु संरक्षण गर्न उपहानगरपालिका जुटेको उपमहागनरपालिका प्रवक्ता तथा कार्यबाहक नगर प्रमुख सुर्यबहादुर डाँगी ९श्याम०ले बताए । अतिक्रमण गरेर बसेकाहरुले हामी हट्दैनौँ, भनेर सरकारसंग पैठेजोरी नखोज्न उनले आग्रह गरे । उनले भने, यदि शुद्ध सुकुम्बासी भएमा उनीहरुको ब्यवस्थापन गर्न सरकारले गर्ने छ । तर अनेत्र जग्गा भएर सुकुम्बासी हौँ, भनि सरकारी जग्गा अतिक्रमण गरी बसेकालाई जग्गा खाली गराएरै छोड्छौँ । उक्त जहदागाउँको जमिन खाली गराउने सूचना जारी गरेको र यदि सुचनालाई ब्यवास्ता गरेरमा बल प्रयोग गरेर भए पनि जग्गा खाली गराएरै संरक्षण गर्ने उनले बताए । हामीले कुनै पनि अप्रिय घटना नहोस् भनेर सुचना जारी गरेका छौँ, तर हाम्रो सुचनालाई ब्यवास्ता गरेर बसेमा सरकार टुलुटुल हेरेर नबस्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार