• २०७७ कार्तिक ४ गते मङ्गलवार

नास्ता पसलमा आगलागी हुँदा २ लाख बराबरको क्षती

Author Logo..
२०७६ मङ्सिर २७ गते शुक्रवार

ओमप्रकाश गुप्ता,
भालुवाङ ।  दाङ देउखुरीको राप्ती गाउँपालिका १ बगासोतीमा नास्ता पसलमा आग लागी भएको छ । शुक्रवार दिउसो १ बजे तिर स्थानिय खड्क बहादुर रावतको गर्दै आएको नास्ता पसलमा आगलागी हुदाँ अन्नपात,लत्ताकपडा, नगद सहित करिव २ लाख बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । बिहानै देखि अत्यधिक जाँडो भएकोले केटाकेटीहरुले आगो ताप्ने क्रममा एक्सासी उक्त पसलमा आगलागी भएको प्रहरीले बताएको छ । आगोलाई स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार