• २०७७ कार्तिक ६ गते बिहिवार

बाताबरण सफा राख्न घर घरमा बृक्षारोपण गरौँ : पहाडी

Author Logo..
२०७६ मङ्सिर २६ गते बिहिवार

तुलसीपुर, मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले बढ्दो बाताबरण प्रदुषण रोक्न बृक्षारोपण आन्दोलन गर्नु पर्ने बताए । मानव अधिकार तथा शान्ति समाजको मंसीर २७ र २८ गते दाङको तुलसीपुरमा हुन लागेको २२ औ राष्ट्रिय परिषद् बैठकमा सहभागि हुन दाङ आएका संस्थापक सभापति पहाडीले विहीबार तुलसीपुर १२ रझेनामा रहेको केशवराज झुपाकुमारी बृद्धाश्रममा विभिन्न जातका विरुवा रोप्दै उहाँले बिरुवा रोपेर बाताबरण अनुकुलन समाज बनाउनु पर्ने सुझाब दिए ।

उनले भने, अहिले विश्वमा बाताबरणले धेरै असर गरेको छ । त्यसलाई रोक्नको लागी सबै भन्दा अपयुक्त उपाय भने बृक्षारोपण नै हो । प्रदुषण रोक्नको लागी कि कार्वनअक्साईड प्रयोग गर्न रोक्नु प¥र्याे । हामीले कार्वनलाई रोक्न नसके पनि प्रसस्त रुपमा विरुवा रोपमा बाताबरणमा सफा हुन्छ । यदि यसरी नै प्रदुषण बढ्दै जाने हो भने, सबै जिवको अन्त्य हुने भन्दै त्यसैले अब सबैले घरघरमा बिरुवा रोपेर वातावरण अनुकुलन समाज बनाउनु पर्ने उनले बताए ।

त्यसैगरी उनले गफ गर्दैमा बाताबरण प्रदुषण नरोकिने भन्दै त्यसैको लागी विरुवा रोप्ने र संरक्षण गरेमा सम्भव भएकाले करिब १३ बर्ष अगाडी देखी शान्ति समाजले यो बृक्षारोपण कार्यक्रम शुरु गरेको समेत बताए । अहिले प्राकृतिक सम्पदाहरुलाई विभिन्न बाहनामा नष्ट गर्दै गएको प्रति चिन्ता ब्यक्त गर्दै पहाडीले ति जिवहरुलाई बचाउनको लागी बृक्षारोपण आन्दोलन गर्नु पर्नेमा जोड दिए । त्यसैगरी शान्ति समाजले आज नै ववई नदिको फोहर ब्यबस्थापन गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ र १२ का बबई नदि किनारामा यत्रतत्र रहेको फोहर संकलन गरीएको शान्ति समाजका केन्द्रीय महासचिब सुशील बस्नेतले बताए ।

सरसफाई कार्यक्रममा शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनी, बरिष्ठ उपसभापति गोबिन्द खनाल,महासचिब सुशील बस्नेत,तुलसीपुर उपमहानगरपालिका का कार्यपालिका सदस्य अमर नेपाली माईकल, लोककवी अर्जुन पराजुली,सामाजीक अभियान्ता लोकेश ढकाल,२२ औ राष्ट्रिय परिषद् बैठक मुल तयारी समितिका संयोजक शरद रेग्मी,स्थानिय बासीन्दा,पत्रकार लगायतको सहभागिता थियो । यसअघि शान्ति समाजले मानव अधिकार र लागू औषध÷मदिरा दुब्र्यसन बिरुद्ध बिद्यालय अभियान सञ्चालन गरेको छ । मंसीर २३, २४ र २५ गते बिभिन्न बिद्यालयमा लागू औषध÷मदिरा दुब्र्यसन बिरुद्ध १० वटा बिभिन्न स्कुलमा अन्तरक्रिया गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार