• २०७७ कार्तिक १२ गते बुधवार

गढवाको एक घरमा बम विस्फोट, एक जना प्रहरीको नियन्त्रणमा

Author Logo..
२०७६ मङ्सिर २५ गते बुधवार

दाङ, दाङ गढवा स्थित एक घरमा बम बिष्फोट भएको छ । गढवा गाउँपालिका २ कोठरी स्थित ४३ बर्षीय धनश्याम चौधरीको दुई तले घरमा बुधबार दिउँसो साढे दुई बजे बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घरधनी घरमा नभएको र उनले घरभाडामा दिएको बुझिएको प्रहरीले बताएको छ ।

उनको घर घनश्याम चौधरीले घर भाडामा लिएर उक्त घरको माथिल्नो तलामा एक सहकारी संस्थाको कार्यालय समेत राखीएको प्रहरीले बताएको छ ।प्रहरी टोली घटना स्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गर्दा माछा मार्ने भनि विस्फोटक पदार्थ जिलेटिल ल्याएर घरमा राखेको भन्ने बुझिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले बताए । घरभाडामा बसेका चौधरीलाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार