• २०७७ कार्तिक ४ गते मङ्गलवार

फुटबल समर्थकमाथि प्रहरीद्धारा कुटपिट

Author Logo..
२०७६ मङ्सिर २४ गते मङ्गलवार

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा टिकटका लागि भित्र छिर्न खोज्दा फुटबल समर्थकमाथि प्रहरीले कुटपिट गरेको छ ।१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल र भुटानबीच मङ्गलबार हुने फुटबलको फाइनलको टिकटका विषय विवादमा भएको थियो ।

फुटबलको फाइनल खेलको टिकट नपाएको भन्दै आक्रोशित सर्वसाधारणमाथि प्रहरीले रङ्गशालाबाहिर कुटपिट गरेको हो । मंगलबार नेपाल र भुटानबीच खेल हुँदैछ भने सागको समापन समारोह हुँदैछ । त्यसका लागि टिकट खोज्दै समर्थकहरु रंगशाला पुगेका थिए । कुटपिटको फोटो खिचेको भन्दै पत्रकारहरुलाई समेत प्रहरीले हातपात गरेको छ । प्रहरीले नागरिक दैनिकका पत्रकार सुमन चापागाइँमाथि भिडियो खिचेको भन्दै हातपात गरेका हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार