• २०७७ कार्तिक ६ गते बिहिवार

दंगीशरण गाउँपालिकाद्धारा २ वटा एम्बुलेन्स सेवा शुरु

Author Logo..
२०७६ मङ्सिर २३ गते सोमवार

दाङ, दंगीशरण गाउँपालिकाले एम्वुलेन्स सेवा संचालनमा ल्याएको छ । पालीकाका बिरामीलाई भरपर्दो र सुलभ सेवा दिने उद्धेश्यले एम्बुलेन्स सेवा संचालन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको २२ लाखको लागतमा २ वटा एम्बुले्न्स खरीद गरेको गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले बताए ।

लामो समय देखि एम्बुलेन्स विहीन भएको पालिकाले अब भने एकैपटक दुई स्वास्थ्य चौकिबाट २ वटा एम्बुलेन्स संचालन गरेर सेवा दिने भएको छ । आईतबार एक कार्यक्रमका बिच हेकुली स्वास्थ्य चौकिका प्रमूख टेक बहादुर खत्री र गोल्टाकुरी स्वास्थ्य चौकिका हेल्थ असिस्टेन्ट प्रदिप योगीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी ,उपाध्यक्ष पिमा कुमारी खड्का र प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलले हस्तान्तरण गर्नुभएको हो । अबका दिनमा पालिकामा हुने आकस्मीक घटनामा एम्बुलेन्सले सहज रुपमा सेवा दिन सक्नेछ । उता दंगीशरण गाउँपालिका वडा न ६ मा रहेको श्रीगाउँ स्वास्थ्य केन्द्रमा भने २०६७ सालदेखि एम्बुलेन्स संचालनमा आएको छ ।

युनिसेफको आर्थीक सहयोगमा खरीद गरेको एम्बुलेन्सले जिल्लामा तोकिएको सेवा शुल्क भन्दा १५ प्रतिशत कममा सेवा दिइरहेको डा. रविन गौतमले बताए । गाउँका स्वास्थ्य केन्द्रमा एम्बुलेन्स सेवा संचालनमा आएपछि अहिले बिरामीलाई सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार