तुलसीपुर, दाङमा एक जना प्रहरी नायव निरीक्षक घुस सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत प्रहरी नायव निरीक्षक(सइ) हेमन्त केसीलाई १० हजार घुस लिदाँ लिदै जिल्ला प्रशासन कार्यालय दाङको गेट नजिकैबाट पक्राउ गरेको अख्तिायर दुरुपयोग अनुन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगंजका प्रमुख गणेश गैरेले बताउनुभयो । सार्वजनिक अपराध मुद्दा खेपिरहेका आरोपीलाई सामान्य केशमा मुद्धा चलाएर कम धरौटीमा छिटो मुद्धा किनारा लगाई दिने भन्दै सई केसीले १० हजार रकम घुस लिएका थिए । पक्राउ परेका केसीलाई अख्तियारको टोलीले नेपालगंज लगेको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस