वडा सदस्यको निधनले शान्तिनगरले सोमबार सार्बजनिक बिदा दिनेबिदा दिने

Author Logo..
२०७६ मङ्सिर २२ गते आइतवार

तुलसीपुर,दाङको शान्तिनगर गाउँपालिकाले सोमबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाको १०१ औँ कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको गाउँपालिकाका प्रबक्ता रबि बुढाथोकीले बताए । शान्तिनगर गाउँपालिका ४ का वडा सदस्य पुनिराम कामिको शनिवार दुखद् निधन भएकाले सोमबार शान्तिनगर गाउँपालिका भित्र रहेका सम्पुर्ण कार्यालयहरुमा बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । साथै बैठकले वडा सदस्य कामीको निधन प्रती शोक प्रस्ताव समेत पास गरेको प्रवक्ता बुढाथोकीले बताए । त्यसैगरी वडा नम्बर ४ ले आइतवार वडाको कामकाज बन्द गरेको थियो । वडा सदस्य कामिको निधनप्रती दुख ब्यक्त गर्दै आइतबारको कार्यालयको काम बन्द गरिएको वडा अध्यक्ष धन बहादुर केसीले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार