• २०७७ फाल्गुन १८ गते मङ्गलवार

तुलसीपुर १९ कुटिचौरमा निशुल्क आँखा शिविर

Author Logo..
२०७६ मङ्सिर २२ गते आइतवार

तुलसीपुर, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १९ को कुटिचौरमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । नेपाल नेत्रज्योति संघ र राप्ती आँखा अस्पतालको सहयोग अनि नवजागरण मावि कुटिचौरको व्यवस्थापनमा सञ्चालन भएको आँखा शिविरमा ३ सय वढी स्थानीय जनताले आँखा चेकजाँच गराएको नेत्र सहायक रोहित कठायकले जानकारी दिए ।

सो अवसरमा विरामीहरुलाई निशुल्क रुपमा चश्मा र औषधि समेत उपलब्ध गराइएको थियो । चेकजाँचका क्रममा २७ जना मोतियाविन्दुका विरामी समेत पाइएको थियो । मोतियाविन्दु भएका विरामीहरुलाई निःशुल्क रुपमा शल्यक्रिया गरिने समेत जनाइएको छ । तुलसीपुर उपमहानगरपालिकाले राप्ती आँखा अस्पतालको सहयोगमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार