• २०७७ कार्तिक १२ गते बुधवार

घुम्न जाउँ तुलसीपुरको भव्य उद्घाटन हुने

Author Logo..
२०७६ मङ्सिर २२ गते आइतवार

तुलसीपुर , सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर तुलसीपुर उपमहानगरपालिकाले पनि घुम्न जाउँ तुलसीपुर अभियान सञ्चालन गर्ने भएको छ । तुलसीपुरलाई पर्यटनको केन्द्रका रुपमा स्थापना गराउनका लागि यस्तो अभियान सञ्चालन गर्न लागिएको नगप्रमुख घनश्याम पाण्डेले जानकारी दिएका छन् ।

नगरप्रमुख पाण्डेका अनुसार अभियानको प्रचार प्रसारका लागि उद्घाटन कार्यक्रम भव्यरुपमा मनाइने भएको हो । तुलसीपुरका सबै पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरेर पर्यटन भित्र्याउने अभियानमा उपमहानगरपालिका लागेको भन्दै सबै पक्षको साथ र सहयोग लिएर अभियानलाई भव्य रुपमा मनाइने भएको हो ।
अभियानलाई लक्षित गरेर उपमहानगरपालिकाले विभिन्न सरोकारवाला निकायसँग छलफल समेत गरेको छ । छलफलका क्रममा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले पर्यटकीय क्षेत्रको पहिचान गरेर भौतिक संरचना निर्माणमा ध्यान दिनुपर्ने कुरामा जोड दिए । वडा नम्वर ६ का अध्यक्ष नवराज लामिछानेले विभिन्न महिना छुट्याएर फरक फरक ढँगले अभियान सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

तुलसीपुर घुम्न आउने पर्यटकहरुको वसोवास र आतिथ्यताको पनि उचित व्यवस्थापन गर्नुपर्ने उनको भनाई थियो । वडा नम्वर १४ का अध्यक्ष पर्शुराम चौधरीले पर्यटकहरुलाई तुलसीपुरको वारेमा जानकारी दिनुपर्ने वताए । कार्यक्रममा वडा नम्वर ७ का वडाध्यक्ष टोपवहादुर केसी,राप्ती शान्ती उद्यानका अध्यक्ष डिल्ली वहादुर भण्डारी,तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपवहादुर खत्री लगायतले विभिन्न सुझावहरु दिएका थिए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार