(न्यु अफडेट) शनिबार बांकेको जिरोमा भएको दुर्घटनामा घाईते एम्बुलेन्स चालक सुनारका मृत्यु

Author Logo..
२०७६ मङ्सिर २२ गते आइतवार

बाँके , शनिवार पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाकेको जिरो प्वाइन्टनजिकै एम्बुलेन्स र ट्रक आपसमा जुध्दा गम्भिर घाईते भएका  एम्बुलेन्स चालक सल्यानको छत्रेश्वरी गाउँपालिका– १ निबासी चित्रबहादुर सुनारकाे मृत्यु भएकाे छ । छत्रेश्वरी गाउँपालिका सल्यानको रा१ज १६१ नम्बरको एम्बुलेन्स र विपरितदिशाबाट गइरहेको ना८ज ५४३२ नम्बरको ट्रक बाँकेको जिरो प्वाइन्ट  नजिकै  शनिवार दिउसो एक आपसमा ठोक्किदा चालक सुनारको उपचार गर्ने क्रममा कोहलपुर मेडिकलकलेजमा परान्ह मृत्यु भएको कोहलपुर प्रहरीले जानकारी दिएको छ । त्यसैगरी दुर्घटनामा  एक नवजात शिशुको मृत्यु भएको थियो ।  ट्रक एक आपसमा जुध्दा एम्बुलेन्समा सवार तीन दिनको नवजात शिशुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिए। छ दाङ दंगीशरण गाउँपालिका ५ का ३६ वर्षीय तिलकराम खड्का र उनकी २४ वर्षीया पत्नी मालती खड्का घाइते भएको उनले बताए। उनीहरू सबैको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचार भइरहेको छ। एम्बुलेन्स, ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार