आध्यामिक शिक्षाले असल चरिण निर्माण गर्न सहयोग पु¥याउने :मुख्यमन्त्री पोख्रेल

Author Logo..
२०७६ मङ्सिर २१ गते शनिवार

घोराही, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले समाज विकासका लागी असल चरित्र निर्माणको विकास हुन आवश्यक रहेको बताए । शनिवार दाङको घोराहीमा ब्रह्माकुमारी मधुवन आध्यामिक पुनर्जागरण केन्द्रको शिलन्यास गर्दै मुख्यमन्त्री पोख्रेलले आध्यामिक शिक्षाले असल चरिण निर्माण गर्न सहयोग पु¥याउने बताए । समाजको सकारात्मक विकासका लागि नैतिक चरित्र निर्माणमा आध्यामिक शिक्षाले सहयोग पु¥याउने भन्दै उनले भने, आध्यामिक शिक्षा नैतिक चरित्र निर्माणको आधार हो । त्यसका लागि बन्न थालेको पुनर्जागरण केन्द्रले महत्वपुर्ण भूमीका खेल्नेछ ।’ त्यसैगरी मुख्यमन्त्री पोख्रेलले समाज विकास क्रममा रहेको र पुराना मान्यताहरु बद्लिएको र नयाँ मान्यताहरु स्थापित हुन नसक्दा समाज खलबलिएका भन्दै खलबलिएको समाजलाई सहि मार्गमा ल्याउनका लागि आध्यामिक शिक्षा उपयोगी हुने समेत बताए । उनले राजनीतिक,आर्थिक र सामाजिक रुपमा देशले धेरै परिवर्तन र उपलव्धीहरु हासिल गरेपनि सकारात्मक सोचको विकास नहुँदा मानिसहरुले टिकाटिप्पणी गर्ने गरेको बताए । राजनीतिक परिवर्तनसँगै देशमा सकारात्मक परिवर्तनका कार्यहरु भैरहेको भन्दै उनले कतिपय मानिसहरु सकारात्मक कार्यबाट सन्तुष्ट हुन सकेकाले धेरै टिकाटिप्पणी गरिरहेका छन । दाङको घोराहीमा करिब साढे १५ करोडको लागतमा आध्यात्मीक पूर्नजागरण केन्द्र बन्न लागको ब्रह्मकुमारी इश्वरीय बिश्वविद्यालय राप्तीका प्रमुख गिता न्यौपानेले बताईन् । स्थानिय देवराज पाण्डेको परिवारले दान दिएको साढे ७ कठ्ठा क्षेत्रफलमा रहेको जग्गामा ५ सय बढी अट्ने सभाहल, २ सय जना बास बस्ने मिल्ने आवासिय भवन, कुलत र तनाबलाई व्यवस्थापन गर्न परामर्श केन्द्र, शैक्षिक कक्षा सञ्चालनका लागि भवन बन्ने प्रमुख न्यौपानेले बताईन् । उक्त भवन निर्माणका लागि संघिय सरकारले चालु आर्थिक बर्षमा ४० लाख रुपैयाँ बिनियोजन गरेको छ । साथै भवन निर्माणका लागि विभिन्न व्यक्ति र संस्थाहरु दान रकम समेत उपलब्ध गराईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार