• २०७७ कार्तिक ६ गते बिहिवार

घोराहीका सबै वडामा सफाई र विपद् व्यवस्थापन समिति गठन

Author Logo..
२०७६ मङ्सिर २० गते शुक्रवार

घोराही, २० मंसिर, घोराही उपमहानगरपालिकाले पूर्ण सरसफाई अभियान सञ्चालन र बिपद् व्यवस्थापनका लागि सबै वडामा समिति गठन गरेको छ । १९ वटै वडाका अध्यक्षहरुको अध्यक्षतामा वडा स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समिति र विपद् व्यवस्थापन समिति गठन भएका हुन् ।

शुक्रवार वडा नम्बर १६ का अध्यक्ष ताराबहादुर डिसीको अध्यक्षतामा यी दुई समिति गठन भए सँगै १९ वटै वडामा समिति गठन भएका हुन् । अब समितिले वडा भित्र पूर्ण सरसफाईको अभियानलाई अघि बढाउने छ भने सम्भावित विपद्को व्यवस्थापन गर्न रणनितिहरु बनाउने छ ।

नगर कार्यपालिकाले तयार पारेको फोहोर मैला व्यवस्थापन कार्यविधी र विपद् व्यवस्थापन कार्य विधी अनुसार वडाबासीहरुको सहभागितामा नगरलाई पूर्ण सरसफाई युक्त बनाईने सरसफाई व्यवस्थापन शाखा प्रमुख प्रेम केसीले बताए। पूर्ण सरसफाई अन्तरगत व्यक्तिगत देखी वाताबरणिय सरसफाईको काम हुने छ । आनिबानी परिबर्तन गर्दै फोहोरको उचित व्यवस्थापन गरी नगरलाई पूर्ण सरसफाई युक्त नगर बनाउने काम सुरुभएको शाखा प्रमुख केसीले बताए ।

वाताबरण तथा विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेले सरसफाईको अभियान आफूबाट सुरु गर्नु पर्नेमा जोड दिईन् ।सरसफाईको कमि कै कारण मानविय स्वास्थ्य र बाताबरणिय स्वास्थ्यमा समस्या सृजना हुने र त्यसले अन्तत समाजलाई नै घाटा पु¥याउने उल्लेख गरिन् । व्यक्ति र समाज स्वस्थ भए मात्रै संबृद्धीको परिकल्पना पुरा हुने भन्दै अबको तीन बर्ष भित्र सबैको घरघरमा पानी पु¥याउने योजनाका साथ काम भैरहेको बताईन् ।

सवै वडाहरुमा सरसफाईका प्रतिक्षक गोबिन्द खड्काले सरसफाईमा आनीबानी र परिबर्तन गर्नुपर्ने सवालका बिषयमा जानकारी गराएका थिए ।वडा नम्बर १६ का विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरुले पानी र फोहोरको उचित व्यवस्थापन गरिदिन माग गरेका छन् ।।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार