• २०७७ मङ्सिर ११ गते बिहिवार

नारायणपुर स्वास्थ्य चौकीको स्तर बृद्धी, डाक्टर सहितको दरबन्दी कायम

Author Logo..
२०७६ मङ्सिर २० गते शुक्रवार

घोराही, २० मंसिर  , घोराही उपमहानगरपालिकाले नारायणपुर स्वास्थ्य चौकीको स्तर बृद्धी गरेको छ । उपमहानगरको वडा नम्बर १० स्थित स्वास्थ्य चौकीलाई नारायणपुर शहरी स्वास्थ्य प्रर्बद्धन केन्द्रमा स्तर बृद्धी गरिएको हो । स्तर बृद्धी सँगै उपमहानगरले एमविविएस डाक्टरको समेत नियुक्त गरेको छ । लामो समय देखी स्वास्थ्य चौकीकारुपमा रहेको र ६९ औँ नगर कार्यपालिकाको बैठकले शहरी स्वास्थ्य प्रर्बद्धन केन्द्रमा स्तर बृद्धी गर्ने निर्णय गरेको प्रबक्ता भरत अर्यालले बताए ।  विरामीको चाप बढ्दै जाँदा उपमहानगरले जनशक्तिको बृद्धी सँगै सेवा विस्तारमा समेत डाक्टर सहितको दरबन्दी कायम गरेको हो । मेडिकल अधिकृतको दरबन्दी रहने गरी उपमहानगरले डा.प्रितम डिसीलाई नियुक्त गरेको छ । उक्त स्वास्थ्य प्रर्बद्धन केन्द्रमा चौबिसै घण्टा प्रसुती गराउने सेवा सहित नियमित बिरामी जाँच, औषधी बितरण, परामर्श र एम्बुलेन्स सेवा प्रदान हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार